इलामको आईतबारेमा नेपाली काँग्रेसले ७३ औं स्थापना दिवस मनायो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: इलामको आईतबारेमा नेपाली काँग्रेसले ७३ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ ।नेपाली कांग्रेस सूर्योदय नगर कमिटीको आयोजनामा आज समसामयीक राजनीतिको समिक्षा गर्दै स्थापना दिवस मनाएको हो ।नगर सभापती जिवन नेपालको अध्यक्षता तथा कांग्रेस नेता तथा स.बिधान सभा सदस्य टिकाराम सुब्बा लाप्चाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बदलिदो राजनीतक अवस्थाका बारेमा समिक्षा गरिएको थियो ।
सोहि अवसरमा स्वर्गीय कांग्रेस नेता असोक प्रधान श्रेष्ठको सालिकमा माल्र्यापर्ण गरिएको थियो । २०५१ साल कात्र्तिक १८ गते तत्कालिन पंचकन्या गाउँ बिकास समितिका अध्यक्ष तथा काग्रेस नेता श्रेष्ठको गोली हानी हत्या गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि शुब्बा, सहिद पत्नी अनिता श्रेष्ठ, सहित काग्रेस नेताहरु जिवन नेपाल, भिष्म प्रधान, हेममाया प्रधान, हेम कट्टेल, ज्ञान बहादुर र्रा, लोकेन्द्र समाल , राजकुमार सेरेङ, यमन लामा लगायतको आफनो धारणा राख्नु भएको नेपाली कांग्रेस सूर्योदयन गर उप सभापती निरु कट्टेल अग्रवालले जानकारी दिनु भयो ।

चैत २६ गतेका दिन २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस विच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो । त्यस पछि स्थापना दिवस मनाउन थालिएको थियो ।

Leave a Reply

Your email address will not be published.