एमाले जिल्ला सचिव उमेश गुरुङद्धारा राजिनामा , सन्दकपुर गाउँपालिकामा स्वतन्त्र उमेद्धार बन्ने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : पार्टीको टिकट वितरणमा चरम असन्तुष्टि देखिएपछि नेकपा एमालेका जिल्ला नेता समेत बागी उमेद्धार बन्ने भएका छन् । इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेका जिल्ला सचिव उमेश गुरुङ अध्यक्ष पदमा स्वतन्त्र उमेद्धार बन्ने भएका छन् । सचिव उमेश गुरुङले आफूलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेद्धार बनेको र पार्टीलाई साधारण सदस्य समेत नरहने गरी राजिनामा पठाएको बताए । उनले आफूलाई काँग्रेस बाहेकका दलहरुको समेत समर्थन रहेको बताए । नेकपा एमालेले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदमा उदय राईलाई अध्यक्षमा सिफारीश गरेको छ । राईले यस अघिको चुनावमा अध्यक्ष जितेका थिए ।

नेकपा एकिकृत समाजबादीका जिल्ला कार्यालय सचिव मानबहादुर गुरुङले सन्दकपुरमा नेकपा एस लगायतका गठवन्धनले उमेश गुरुङलाई सघाउने निर्णय गरेको जानकारी दिए । उनले नेकपा एसले वडा ५ जमुनामा दुइ वडा सदस्य मागेकोमा काँग्रेसले पहल नगरेकाले सन्दकपुर गाउँपालिकामा गठवन्धन धरापमा परको दावि गरे ।

उनले सन्दकपुर गाउँपालिकाको नयाँ समिकरणले जिल्लाकै गठवन्धन धरापमा पर्न सक्ने बताए । जिल्ला स्तरमा सत्तारुढ दलको गठवन्धन प्रमुख उप प्रमुखमा सहमति भएपनि वडास्तरमा तालमेल हुन सकेको छैन । सन्दकपुरमा नेपाली कांग्रेस बाहेका दलहरु आज बैठकबसी उमेशलाई सघाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.