काग्रेसबाट इलाम नगरपालिकामा केदार थापा र देउमाई नगरपालिकामा होम दुलाल मेयरमा लड्ने , सूर्योदयको उप-प्रमुखमा दुर्गा बराल

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम: नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने इलाम जिल्लाका मेयर र उपमेयरको टुंगो लगाइएको छ । समाचार श्रोतका अनुसार इलाम नगरपालिकामा मेयर पदमा केदार थापा र उपमेयरमा बिष्णु दाहाल लिम्बुको नाम टुंगो लगाइएको हो । नेपाली कांग्रेस प्रदेश समितिको बैठकले जिल्लाका नगरपालिकाका उम्मेद्धारहरु टुंगो लगाएको हो ।जसमा देउमाई नगरपालिकामा होम दुलाललाई उम्मेद्धार बनाइएको छ ।

जिल्लाका माई नगरपालिका र सूर्योदय नगरपालिकामा भने उपमेयर पदमा मात्र नेपाली कांग्रेसले उम्मेद्धारी दिन पाउने छ । जसमा सूर्योदय नगरपालिकामा उपमेयर पदमा दुर्गा बराल र माई नगरपापिलकामा हेमबहादुर लिम्बूले उम्मेद्धारी दिने निश्चित भएको छ । यि दुई नगरपालिकामा मेयर पदमा भने गठन्धनबाट उम्मेद्धारी दिइने छ ।जिल्लाका गाउँपालिकामा भने उम्मेद्धारको टुंगो लागि सकेको छैन । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीबीच पालिका भागबण्डा भएको छ ।

जिल्लाका दश पालिकामध्ये सातवटा पालिकाको प्रमुख र पाँचवटा पालिकाको उपप्रमुख काँग्रेसले पाउने भएको छ । त्यस्तै दुईवटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख नेकपा एकिकृत समाजबादील पाउने पक्का भएको छ । एउटा पालिकाको प्रमुख र दुईवटा पालिकाको उपप्रमुख नेकपा माओबादी केन्द्रले पाउनेगरी सहमती भएको छ । जसमा इलाम नगरपालिका र रोङ गाउँपालिकाको प्रमुख र उपप्रमुख पद दुबै नेपाली काँग्रेसले पाउने भएको छ । यहाँको पनि टुंगो लागि सकेको छैन ।

यस्तै देउमाई नगरपालिका, चुलाचुली, सन्दकपुर, फाकफोकथुम र माङसेबुङ्ग गाउँपालिकाको प्रमुख एवं सूर्योदय नगरपालिका, माई नगरपालिका, माइजोगमाई गाउँपालिकाको उपप्रमुख काँग्रेसको भागमा परेको छ । यस्तै नेकपा एकिकृत समाजबादीले माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको प्रमुख पद पाउँदा सन्दकपुर गाउँपालिकाको उपप्रमुख पद पाउनेछ । यसैगरी नेकपा माओबादी केन्द्रले माई नगरपालिकाको प्रमुख पद पाउँदा फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिकाको उपप्रमुख पद पाउने भएको छ ।जनता समाजबादी पार्टीले माङसेबुङ्ग गाउँपालिकाको उपप्रमुख पद पाउने भएको छ । अब वडाध्यक्ष पदका लागि बाकी छलफलपछि टुंगो लगाउने सहमती भएको छ ।अन्य स्थानको भने केहीबेर पछि टुंगो लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.