इलामको रोङमा गठबन्धन बलीयो बन्दै ,नेकपा एस र माओवादीले काग्रेसका उम्मेद्धवारलाई सघाउने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

रोङ: इलामको रोङ गाउँपालिकामा नेकपा समाजवादी र माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काग्रेसका उम्मेद्धवारलाई सहयोग गर्ने भएका छन् । दुबै दलले उम्मेद्धवारी दिए पनि केन्द्रको गठबन्धनको निर्देशनको पालना गर्दै अध्यक्षमा काग्रेसका मनिकुमार स्याङबो(सुभाष) र उपाध्यक्षमा कांग्रेसकै कल्पना भण्डारीलाई सहयोग गर्ने भएका हुँन् ।
६ नम्बर वडामा मात्र वडा स्तरमा गठबन्धन गरेका तीन दलले पालिका स्तरमा काग्रेसलाई सघाउने र अन्य पाँचवटा वडामा मित्रवत ब्यवहार गरी चुनाव लड्ने सहमति गरेका छन । नेकपा एकीकृत समाजबादी पार्टी रोङका अध्यक्ष शम्भुजीत दहालले केन्द्रको निर्णय पालना गर्दै काग्रेसका उम्मेद्धवारलाई सहयोग गर्ने सहमती भएको बताउनु भयो । उहाले पाँचवटा वडामा नेकपा एस र माओवादी केन्द्रले गठबन्धन गरेको छ । उहाले पार्टीका मतदातालाई गठबन्धनमा भोट हाल्न समेत आग्रह गर्नु भएको छ । उहाले भन्नु भयो‘यो सर्मथन भनेको रोङलाई मात्र हेरेर नभई देश भरको अवस्था हेरेर गठबन्धलाई सघाएका हौ ।’
माओवादी केन्द्र रोङका अध्यक्ष देउकुमार राईले उपाध्यक्षमा उम्मेद्धवारी दिए पनि यस अघि नै फिर्ता लिई सक्नु भएको छ । नेकपा एसका नेता रमेश बोखीम राईले अध्यक्षमा उम्मेद्धवारी दिएर फिर्ता लिन नपाए पनि आज एक बिज्ञप्ती जारी गर्दै गठबन्धन अनुसार कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेद्धवारलाई सहयोग गरेर जान आग्रह गर्नु भएको छ । उहाले आजैबाट आफनो उम्मेद्धवारी समेत नरहेको जानकारी दिनु भएको छ । उहाले बिज्ञप्तीमा भन्नु भएको छ‘मेरो स्वास्थ्यका कारण निर्धारित समयमा उम्मेद्धवारी फिर्ता लिन नसके पनि गठबन्धनलाई सहयोग गर्न अफिल गर्दै आफनो उम्मेद्धवारी नरहेको जानकारी गराउदछु ।’
रोङमा २०७४ को स्थानीय चुनावमा काग्रेसले एकलै चुनाव लडेर अध्यक्ष उपाध्यक्ष सहित ४ वटा वडा जितेको थियो । अध्यक्षमा काग्रेसका सम्शेर राईले ३९१४ मत ल्याएर बिजयी बन्दा नेकपा एमालेबाट अध्यक्षमा लडनु भएका बृहष्पती खतिवडाले ३६७२ मत पाउनु भएको थियो । उपाध्यक्षमा कांग्रसकी चन्द्रकला राईले ४११३ मत ल्याएर बिजयी बन्द एमालेकी बिष्णु खवासले ३६६७ मतले पराजित बन्नु भएको थियो । माओवादी केन्द्रले अध्यक्षमा ६५० मत ल्याएको थियो । अहिले उक्त निर्वाचनका एमालेका प्रत्यासी अध्यक्षका उम्मेद्धवार खतिवडा नेकपा एमाले छेडेर नेकपा एसमा हुनुहुन्छ । निक्कै प्रभावसाली नेता खतिवडा एसमा गए संगै ठूलो संख्यामा कार्यकर्ता र मतदाता उहा संगै नेकपा एसमा गएका छन् । रोङमा नेकपा एसले एमालेको हाराहारीमा आफनो मत रहेको दावी गरेको छ भने माओवादी केन्द्रले पनि २०७४ मा भन्दा आफनो मत बढेको दावी गरेको छ ।
गठबन्धनका कारण थपीएको मतभार हेर्दा कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेद्धवारलाई जित्न सहज भएको काग्रेस नेताको अड्कल रहेको छ । रोङमा एमालेको तर्फबाट अध्यक्षमा मेहरमान तामाङ र उपाध्यक्षमा बिष्णु खवास चुनाव लड्दै हुनुहुन्छ । एमालेले गठबन्धन भए पनि आफनो पार्टीलाई कुनै असर नपर्ने जनाउदै आएको छ । काग्रेसका अध्यक्षका उम्मेद्धवार स्याङबो यस अघि ६ नम्बरको वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता हुनुहुन्थ्यो । उहा युवा माझ ख्यातीप्राप्त ब्यक्तिको रुपमा रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published.