इलामको रोङ ६ मा वडाध्यक्षका उम्मेद्धवार भन्छन ‘गाउँको नाम नै फेरिदिन्छु’

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

गोबिन्द पौडेल:
स्थानीय चुवान आउन एक सातामात्रै रहेको बेला दलका नेता तथा कार्यकर्ताको दौडधुप चलेको छ ।इलामको रोङ गाउँपालिकाको निक्कै चर्चामा रहेको वडा नं ६ मा राजनतिकदलले बिरासत तोड्न र वर्चस्व कायम गर्नको लागि समेत दौडधुपमा लाग्दा अन्य वडामा भन्दा यहाको माहोल निक्कै तातेको हो ।
प्रजातन्त्रको स्थापनाकालदेखी कम्युनिष्टको बर्चस्व रहेकोमा २०७४ सालको स्थानीय निर्वाचनमा त्यो बिरासत तोडेर वडामा पूरै प्यानल सहित रोङ गाउँपालिकाको अध्यक्षले समेत नेतृत्व गरेको र अहिले पनि नेपाली काग्रेसका तर्फबाट अध्यक्ष र उपाध्यक्षको उमेवद्धारी समेत सोही वडाबाट भएका कारण रोङ ६ जिर्मले चुनावीमाहोल तातेको हो ।
अहिले रोङको उक्त वडामा नेपाली काग्रेको तर्फबाट नेकपा समाजबादी सगको गठबन्धनमा निवर्तमान वडा सदस्य केशर प्रधानको टिम मैदानमा रहेको छ भने नेकपा एमालेको तर्फबाट सत्यम राइको नेत्ृत्व गरेको टिमबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली काग्रेसले मतदाताको बिचमा चुनाबी प्रतिबद्धता पत्रलिएर बिगतमा गरेको कामलाई निरन्तरता दिदै ,अधुरा योजनालाई पूर्णतादिने र नागरिकको आवश्यक्ता र मागको आधारमा बिकास निमार्णका काम अगाडी बढाएर लैजाने कार्यक्रम मतदाता समक्ष गरेको छ भने नेकपाएमालेले बिगतमा निर्वाचित जनप्रतिनिधिले केही काम नगरेका कारण पछाडी परेको टोलको मुहार परिवर्तन गर्ने मात्रै हैन अहिले प्रचलन रहेको नाम समेत परिवर्तन गर्ने भएको छ । अहिले प्रचलनमा रहेको करसोङ पदमार्गलाई करसोङ सास्कृतिक पदमार्ग, साबिक रोङ ६ मा रहेका टोलहरु भूडेसरा , रमभेडे,वादीटोल र साबिक जिर्मले ४ मा रहेको गुहेले गाउँको नाम परिवर्तन गरेर बम्जन टोल बनाउने घोषण गरेको छ ।
स्थानिय प्रचलन अनुसार पहिला ठूलो गुहेलोको रुख रहेका कारण गुहेले गाउँ,रमभेडा प्रसस्त फल्ने भएका कारण रमभेडे, कुनै एक देवानी मुद्धामाबादी रहेका गाउँबादी गाउँ र एक प्रजातीको भूडेकोदो फल्ने भएका कारण भूडेसरा रहेको बुढापाका बताउछन । देश संघीय संरचनामा गएर सात प्रदेश बनेको पाचबर्ष सम्म पनि कतिपय प्रदेशको नामाकरण हुन नसकेको बेलामा स्थानीय स्तरमानै बिकासको गति सगै टोलको नाम परिवर्तन सम्मको धारणलाइ अति महत्वकाक्षी नाराको रुपमालिएको छ ।
नेपालीकाग्रेसवाट रोङका अध्यक्ष समम्सेर राई वर्तमान काग्रेसकै अध्यक्षका उमेवद्धार मनिकुमार तामाङ्ग र उपाध्यक्ष कल्पना भण्डारीको वडा रहेको जिर्मलेमा चारवटा मतदान केन्दमा ३ हजार ६ सय ४७ मतदाता रहेका छन् । जसमा कुवापानी मतदान केन्द्रमा १ हजार ३ सय ३६, मोतिराम माबिको केन्द्रमा ९ सय ३५ , सरस्वतीमाबिको मतदान केन्द्रमा १ हजार १ सय १३ र पाटापूर आबिको मतदान केन्द्रमा २ सय ६३ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published.