इलामका राजनीतिक दल घरदैलोमा ब्यस्त

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

फिक्कल: स्थानीय तह निर्वाचनको मिति नजिकिदै जादा इलाम जिल्लामा राजनीतिक दलहरुले चुनावी अभियान र प्रचार प्रसारलाई तिब्रता दिएका छन् । भौगोलिक हिसावले मिश्रित अवस्थामा रहेको इलाम जिल्लाका बजार तथा गाउँगाउँमा पुगेर घरदैलो कार्यक्रम सहित उम्मेद्धवारले मत माग्दै प्रचार प्रसारलाई तिब्र पारेका हुँन । चारवटा नगरपालिका र ६ वडा गाउँपालिकाका ८१ वटा वडामा नेपाली कांग्रेस, नेकपा एमाले , माओवादी केन्द्र, नेकपा समाजवादी (एस) जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाईजेसन सहितका दलले आफना घोषणापत्रमा रहेका एजेण्डा सहित गएर मत मागी रहेका छन । दलहरुले यस पटकको निर्वाचनमा घरदैलो कार्यक्रमलाई बिशेष प्राथमिक्ता दिएका छन । जिल्लामा नेपाली काग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजावादी पार्टीले गठबन्धन गरेका छन । नगर प्रमुख, उप प्रमुख , गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र केहि पालिकामा गठबन्धन गरेका दलले आफना उम्मेद्धवारलाई बिजयी गराउनका लागि उम्मेद्धवार र चुनाव चिन्ह चिनाउदै घर दैलो कार्यक्रम संचालन गरीरहेको नेपाली कांग्रेस इलामका पार्टी सभापति डम्बर खड्काले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘केन्द्रको निर्देशन अनुसार भएको गठबन्धनका उम्मेद्धवारलाई जिताउन हामी साझा कार्यक्रम लिएर हिडीरहेका छौ।’
जिल्लामा एमाले एकलै चुनावी मैदानमा छ । एमालेले १० वटै पालिकामा घरदैलो सहितका कार्यक्रम गर्दै आएको छ । इलाम नगरपालिकामा चुनावी रौनक बिषेश रुपमा देखिएको छ । जहाँ काग्रेसका युवा नेता केदार थापा र एमालेका धिरेन चेम्जोङ नगर प्रमुख पदमा प्रतिष्पर्धा गरीरहेका छन । जिल्लाको पुरानो नगरपालिका र सदरमुकाम समेत रहेको नगरपालिका भएकाले इलाम नगरमा अन्य क्षेत्रको भन्दा बढी चुनावी गतिविधि देखिएको छ । यस्तै सूर्योदय नगरपालिकामा पनि चुनावी महोल फरक रहेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकामा नेकपा एमाले र नेकपा समाजवादी बिच कसले नेतृत्व दिने भन्ने निक्कै प्रतिष्पर्धा देखिएको छ । नेकपा एसका नेता रणबहादुर राई काग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट उम्मेद्धवार बन्नु भएको छ भने प्रदेश १ को सांषदबाट राजिनामा दिएर नेकपा एमालेका काजीमान कागते चुनाबी मैदानमा होमीनु भएको छ । दलहरुले बिगतका निर्वाचनमा जस्तो तामझामका साथ अभियान भने संचालन गरेको देखिदैन । यसपटकको निर्वाचनमा दलहरुले जिल्लामा खासै आमसभाका कार्यक्रम समेत तय गरेका छैनन् । घर घर पुगेरै भोट माग्ने र प्रचारस्रसार गर्ने काम गरिरहेका छन् । दलहरुले डिजिटल प्रचारप्रसारका माध्यम समेत यस पटकको निर्वाचनमा अपनाएको पाईएको छ ।
जिल्लामा दुई लाख २४ हजार सात सय ४८ मतदाता रहेका छन् । जसमा एक लाख १५ हजार पाँच सय ५४ पुरुष र एक लाख नौ हजार एक सय ९२ जना महिला मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालले जानकारी दिएको छ । जिल्लामा एक सय ५१ मतदान स्थल र दुई सय ८५ मतदान केन्द्र रहेका छन् । शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी जिल्लामा नेपाली सेना , शसस्त्र प्रहरी , नेपाल प्रहरी र म्यादी प्रहरी खटाई सकिएको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फूयालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.