इलामको सूर्योदयको उप-मेयरमा दुई दुर्गाको भिडन्त

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति रोचक

फिक्कलः इलामको सूर्योदय नगरपालिकामा उपमेयर पदका लागि दुई दुर्गाको चुनावी प्रतिष्पर्धा निक्कै रोचक बन्दै गएको छ । नेकपा एमालेको तर्फबाट दुर्गादेवी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दुर्गा कुमार बरालको प्रतिष्पर्धा रोचक बन्ने देखिन्छ। नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी नेपाल लगायतका दलले पनि उम्मेदवारी दिएका छन् ।तर, मुख्यतया दुई दुर्गा बिचमा नै प्रतिष्पर्धा हुने पक्का छ ।
दुर्गा देवी भट्टराई संग नगरपालिका संचालनको पाँच वर्षे अनुभव छ । आफ्नो कार्यकालमा आफुले महिलाका क्षेत्रमा उल्लेखीय काम गरेको उनको दावी छ । सूर्योदय नगरपालिकाको न्यायिक समिति संयोजक भएर काम गरेकी भट्टराई भन्छिन्, ‘म जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि महिलालाई हरेक स्थानमा ४० प्रतिशत सहभागी गराउनु पर्छ भन्ने मेरो मुख्य एजेण्डा थियो ,त्यसलाई पारित गर्न निकै मुस्किल प¥यो ।’ अहिले सूर्योदयका हरेक काम र योजनाहरुमा महिलाको ४० प्रतिशत अनिवार्य सहभागीता रहेको छ । पहिला म आफू सीएल पढ्दै गरेको विद्यार्थी विवाह गरेर यहाँ आउँदा खर्च अभाव र पारिवारिक अवरोधले थप शिक्षा हासिल गर्न गर्नुपरेको संघर्षले पिरोलि रहेको थियो । त्यसकारण निर्वाचित भएको पहिलो वर्ष छोरी बुहारीलाई स्नातक सम्म निःशुल्क शिक्षा बनाउँ भन्दा त्यो एजेण्डा पारित हुन सकेन । दोस्रो वर्ष त्यही एजेण्डा उठाएं । पारित भयो । अहिले करफोक विद्या मन्दिरमा करिब दुई सय छोरीबुहारीले निःशुल्क स्नातक पढीरहेका छन् । ‘यहाँका एकल महिलालाई पनि परिवार र समाजबाट फरक दृष्टिले हेरिन्थ्यो । उहाँहरुलाई नगरपालिकाबाटै निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न सफल भइयो । गरिब, दलित र विधवा र अविवाहित एकल महिलालाई स्वास्थ्य बीमाको कार्यक्रम चलिरहेको छ । यी हरेक विषयले अहिले पनि काम गर्न संघर्ष र चुनौती पछिको अवसर हो जस्तो लाग्छ ।’उनले भनीन ।

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति लगायतको क्षेत्र स्वतः उप–प्रमुख सँग जोडिने क्षेत्र भएको भट्टराई बताउँछिन् । उनीहरुका सवालमा नीति, कार्यक्रम बनाउँदै गर्दा आएका चुनौती स्मरण गर्दै उन्ले भनिन् ,“पहिलो त नीति निर्माण तहमा महिला सहभागीता कम हुन पनि निकै दुःखको कुरा हो । एउटै पार्टी, एउटै समुह किन नहोस, पुरुष धेरै भएको स्थानमा महिलामाथि विभेदकै दृष्टि हुन्छ । ’
महिलाको समस्या महिलाले मात्रै बुझ्न सक्ने दाबी उनको छ । भट्टराईले गठबन्धनले समेत उप मेयरमा पुरुष उठाएकाले महिलाको सहनुभूती आफुमा रहने दावी गरिन ।
स्वभाविक रूपमा गठबन्धनले महिलालाई स्थान नदिएको बेला महिलाको भोट तान्न दुर्गा देवीलाई केही सहज देखिन्छ तर, पाँच दलले यदि साँच्चै गठबन्धनको केन्द्रीय निर्देशन बमोजिम भोट दिएमा उन्लाई जित हाँसिल गर्न त्यति सहज भने छैन । त्यसैपनि नेपाली कांग्रेसका दुर्गा कुमार बराल राजनीतिक र सामाजिक क्षेत्रमा नाम चलेका नेता हुन् । यसअघि प्रदेश सांसद लडेका बराल यो पटक नगरपालिकाको उपमेयरका प्रत्यासी बनेका छन् । फिक्कल क्षेत्रमा खानेपानीको व्यवस्थापन तथा सुधारमा योगदान दिएकाले उनलाई सामाजिक व्यक्तिको दर्जामा राखिन्छ । विभिन्न सामाजिक संघ सस्थामा रहेर काम गरेका बरालले फिक्कलमा खानेपानीको क्षेत्रमा उल्लेखनीय कार्य गरे । २०५२ सालमा डाक्टर खोला खानेपानीको अध्यक्ष भएर प्रबेश गरेका बराल २०५९ सालमा फिक्कल साना शहरी खानेपानीको अध्यक्ष भए । उनी अहिले पनि खानेपालीको अध्यक्ष छन् । विद्यार्थी जिवनबाट राजनीति यात्रा शुरु गरेका बरालले जुनसुकै आन्दोलनका अगुवा हुन् र अहिले पनि कायम छ ।बराल २०५१ सालबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय सहभागितामा देखिन्छन् ।

उनको राजनीतिक इतिहास निक्कै पुरानो छ । गठबन्धन सफल भएमा उनले जित्न सक्ने आधार छ । तर ,तल्लोस्तरका नेता कार्यकर्ता गठबन्धनको बिषयमा प्रष्ट भने छईनन ।जन्मजात कांग्रेस भएकाले कम्युनिष्टलाई भोट नहाल्ने अडान बोकेका काँग्रेस सूर्योदयका थुप्रै ठाउँमा भेटिन्छन् भने कम्युनिष्टको भोट पनि काँग्रेसले पाउला नै भन्ने ग्यारेन्टी छैन । थुप्रै तिक्तता र असन्तुष्टिका बिच नेता तथा कार्यकर्ता गठबन्धन जिताउन प्रतिबद्ध देखिएका छन । शुरुमा गठबन्धनको बिरोध भए पनि अहिले गठबन्धन बलियो बनेको नेताहरुको भनाई छ । त्यो अर्थमा नेकपा एमालेले आफ्नो विरासत कायम राख्ने दाउमा छ । हुन त नेकपा एमाले पार्टी नै चिरा परेर दुई भागमा विभाजीत छ । नेकपा एमालेका नेता भने पार्टी विभाजनको असर सामान्य मात्र परेको बताउँछन् ।
सूर्योदयमा नेकपा एमाले बिभाजन भएर नेकपा एसमा नेता कार्यकर्ता गएपछि आधा आधाको स्थितिमा छ । काग्रेसको शैदान्तिक मतकै आधारमा पनि बराललाई चुनाव जित्न सहज भएको काग्रेस नेताको अड्कल छ । तर, सहज भने देखिदैन ।दुबै पक्षले जित निश्चित भएको तर घोषणा गर्न मात्र बाँकी भन्दै प्रतिक्रिया दिईरहेका बेला चुनावी मैदान तातेको छ । विकास निर्माणका आ आफ्नै प्रतिबद्धता, अठोट र संकल्प लिएर आएका दुई दुर्गा मध्ये यो पटक सूर्योदय नगरपालिकामा कस्को पल्ला भारी छ भन्ने आँकलन गर्न मुस्किल भएको छ । कुन दर्गाले उपमेयरमा बाजी मार्ने , त्यसको नतिजा मतपरिणाम पछि मात्र थाहा हुने छ ।

Leave a Reply

Your email address will not be published.