पूर्व प्रधानमन्त्री खनालले सूर्योदय र संबिधान सभा अध्यक्ष नेम्वाङले इलामबाट मतदान गर्दै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

फिक्कल: शुक्रबार सम्पन्न हुँने स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी(एस)का सम्मानित नेता तथा पूर्व प्रधानन्त्री झलनाथ खनालले इलामको सूर्योदयबाट र संबिधान सभाका सभामुख सुभाषचन्द्र नेम्वाङले इलाम नगरपालिकाबाट मतदान गर्दै हुनुहुन्छ ।नेता खनालले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत बिद्यालयबाट मतदान गर्दै हुनुहुन्छ । केहि दिन अघि देखि आफनो निर्वाचन क्षेत्रमा रहनु भएका खनालले शुक्रबार बिहान ८ बजे आफनो केन्द्रमा गएर मतदान गर्नुहुने उहाका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनु भयो ।
यस्तै संबिधान सभाका सभामुख तथा एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले इलाम नगरपालिकाबाट मतदान गर्दै हुनुहुन्छ । उहाले इलाम नगरपालिका ७ को महेन्द्ररत्न बहुमुखी क्याम्पसमा बिहान ८ बजे नै मतदान गर्ने एमाले जिल्ला सह सचिव रविन्द्र सुवेदीले जानकारी दिनु भयो ।
काग्रेस नेता कुलबहादुर गुरुङको इलाम नगरपालिका ७ मा मतदाता नामावलीमा नाम भए पनि स्वास्थ्य समस्याका कारण मतदान गर्न नआउनु हुने भएको छ । उहाले आफनो स्वास्थ्य समस्याका कारण आउन नसकेको जानकारी दिनु भयो ।
यस्तै कांगैस केन्द्रीय सदस्या सुजना परियारले इनपा ६ बाट , एमाले केन्द्रिय सदस्या राम रानाले देउमाई ३ वाट र माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्माले फाकफोकथुम गाउँपालिकाबाट मतदान गर्दै हुनुहुन्छ ।झननाथ र सुभाष लामो समय नेकपा एमालेमा रहेर इलाम क्षेत्र नम्बर १ र २ बाट पटक पटक बिजयी भए पनि पार्टी बिभाजन भए पछि यस पटक उहाहरु दुई फरक पार्टीलाई मतदान गर्दै हुनुहुन्छ । खनाल नेकपा एसमा र नेम्वाङ एमालेमै रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published.