मतदान गर्ने समय सकियो, नेताको भविष्य ब्यालेट बक्समा

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

काठमाडौं : स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो।

पाँच बजेसम्म कति प्रतिशत मत खसेको छ भनेर आयोगले आधिकारिक सूचना सार्वजनिक गर्न बाँकी छ। यद्यपि, आयोगले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ।

यो स्थानीय तह चुनावमा कुल १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। कुल उम्मेदवारमध्ये ८९ हजार ३१३ पुरुष रहेका छन् भने ५५ हजार ६९८ महिला उम्मेदवार रहेका छन्। हालसम्म ३९० उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।मतपेटिका संकलन गरी आजै साँझ ८ बजेबाट मतगणना सुरु गर्ने आयोगले जनाएको छ।थाहा खबर

Leave a Reply

Your email address will not be published.