इलामको देउमाई नगरपालिकाको मतगणना स्थलामा गोली चल्यो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

फिक्कल: इलामको देउमाई नगरपालिकाको मतगणना स्थमा गोली चलेको छ । झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो । मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको थियो । बिबादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । आक्रोशित भिडले नगरपालिकाको कार्यालय तोडफोड गरेका छन । झडपमा केही म्यादी प्रहरी घाइते भएका छ । गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् ।
नेकपा एमालेले सेटिङ गरेको भन्दै गठबन्धमा रहेका दल नेपाली काग्रेस नेकपा समाजवादी र माओवादी केन्द्रले नाराबाजी सहित बिरोध गर्न थालेपछि मतगणना रोकीएको थियो । उनीहरुले निर्वाचन अधिकृत र प्रहरी बिरुद्ध नाराबाजी गरीरहेपछि मतगणना स्थल असान्त बनेको थियो । इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले स्थितीलाई नियन्त्रणमा लिन हवाई पाmायर गर्नु परेको जानकारी दिनु भयो । त्यहा थप झडपको संभावना भए पछि बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । मतगणना स्थल अगाडी धादली भएको भन्दै एक ब्यक्ति अनसान बस्नु भएको छ । निर्वाचन अधिकृत हरी बहादुर दाहालले भिड शान्त भएपछि दलहरु संग छलफल गरिने जानकारी दिनु भयो ।
देउमाईमा एमालेका मेयरका उम्मेद्धवार सूर्य पोखरेल र गठबन्धनबाट काग्रेसका होम दुलाल बिचमा प्रतिष्पर्धा भैरहेको छ । प्रारम्भिक मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published.