इलामको फाकफोकथुम गाउँपालिकामा मतगणना स्थगित

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ प्रदेश संस्करण राजनीति

फिक्कल: इलामको फाकफोकथुम गाउँपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर १ को मतपरिणाम अस्विकार गर्दै एमालेले बिरोध गरेपछि मतगणना स्थगित भएको हो । एमालेले मतगणनास्थलमा प्रवेशका लागि परिचयपत्र नदिएको, मतगणनामा धाधली भएको लगायतको आरोप लगाउँदै नाराबाजी गरेको छ ।गाउँपालिकामा पछिल्लो परिणाम अनुसार वडा नं १ मा नेपाली कांग्रेसका कर्ण बहादुर लिम्बुको प्यानल निर्वाचित भएको छ । लिम्बुले ८०४ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी एमालेका बेगबहादुर निरौलाले ४७७ मत प्राप्त गरे । त्यसैगरी गाउँपालिका अध्यक्षमा समेत गठबन्धनबाट नेपाली कांग्रेसका डिकबहादुर थापा ८३० मत साथ अग्रता लिइरहेका छन् ।उनलाई नेकपा एमालेका दिपेन्द्र खनालले ५९१ मतका साथ पछयाइरहेका छन् । उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केबी वान्तवा ७९८ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेकी कल्पना राईले ५१९ मत साथ पछयाइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published.