इलामको माङसेबुङ १ मा माओवादी केन्द्रका भूपाल योङहाङ विजयी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ मा मिश्रित परिणाम आएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० र नेकपा एमालेका गठबन्धनबाट माओवादीका भूपाल योङहाङ विजयी भएका छन् ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनबाट कांग्रेसका उम्मेद्वार भक्तराज लिम्बूलाई १ सय ३३ मतान्तरले पराजित गर्दै योङहाङ विजयी भएका हुन् । योङहाङले ‍७ सय ७३ मत पाएका थिए भने उनका प्रतिष्पर्धी लिम्बूले ६ सय ४० मत पात्र पाएका थिए । लिम्बू निवर्तमान वडाअध्यक्ष हुन् ।सदस्यहरुमा भने दुवै गठबन्धनका मिश्रित परिणाम आएको छ । महिला सदस्यमा महिला सदस्यमा एमालेकी डिकमाया लुहागुन ७ सय १३ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी कांग्रेसकी कृष्णमाया कार्कीले ४ सय ४८ मत पात्र पाएकी थिइन् ।

दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगराती ७ सय ६ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिष्पर्धी कांग्रेसकी टीका लुहागुनले ६ सय ४८ मत पात्र पाएकी थिइन् ।सदस्यमा भने कांग्रेस र जसपाका विजयी भएका छन् ।कांग्रेसका ठगबहादुर श्रेष्ठ ६ सय ९० र जनता समाजवादी पार्टीका मिनप्रसाद लिम्बू ‘रोचक’ ६ सय ८५ मतका साथ विजयी भए । उनीहरुका प्रतिष्पर्धी एमालेका प्रेमबहादुर पुलामीले ६ सय ५३ र एमालेका भुपाल श्रेष्ठ एमाले ६ सय २२ मत पात्र पाए ।

देशैभर र गाउँपालिकामा समेत ५ दलीय गठबन्धनमा रहेको माओवादी सो वडामा भने एमालेसँग मिलेर निर्वाचनमा सहभागी भएको थियो ।गाउँपालिका अध्यक्षमा भने गठबन्धनका तर्फबाट कांग्रेसका डिकेन्द्र इदिङ्गोले ८ मतान्तरमा अग्रता लिएका छन् । इदिङ्गोले ६ सय ८७ मत पाउँदा एमालेका हेमन्त राईले ६ सय ७९ मत पाएका थिए । उता उपाध्यक्षमा एमालेकी सुनिता सुब्बाले ६ सय ६० मतका साथ अग्रता लिइन् । प्रतिष्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका विनोद नेम्बाङले ६ सय ३० मत पाए ।सो वडामा २ हजार २ सय ५९ मतदाता रहेकोमा १ हजार ५ सय २४ मत मात्र खसेको थियो ।

Leave a Reply

Your email address will not be published.