इलामको सूर्योदयमा २९ सय मत गन्न ३१ घण्टा लाग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

फिक्कल: अहिले सामाजिक संजालमा एउटै आवाज उठीरहेको छ मतगणना ढिलो भयो । शुक्रबार राती पतपेटीका संकलन भएर सोही दिन रातीबाट मतगणना गर्न थालिए पनि थोरै वडाको मात्र मतपरिणाम सार्वजनिक भए पछि बिरोध शुरु भएको हो । मतदान गरेका मतदाता र कार्यकर्ता नतिजा सुन्न यतिबेला सामाजिक संजाल, रेडियो र टेलिभिजनको सहारामा छन् । कोही मतगणना स्थल नछोडी बसी रहेका छन् ।
इलाम जिल्लाका १० पालिका मध्ये सबै भन्द बढी मतदाता भएको सूर्योदय नगरपालिकामा अति शुष्त गतिमा मतगणना भैरहेको छ । शनिबार बिहानको १ बजेबाट शुरु भएको मतगणनाको नतिजा ३१ घण्टा पछि मात्र सार्वजनिक भएको छ । वडा नम्बर१ को मतगणना गर्न त्यति समय लागे पछि वाँकी १३ वटा वडाको गणना गर्न कति समय लाग्दा भनेर प्रश्न उठेको हो । २९१८ मत खसेको उक्त वडाको मत परिणाम ३१ घण्टा पछि आज बिहान मात्र सार्वजनिक भयो । उक्त वडामा काग्रेसका राजकुमार लिम्बु अध्यक्षमा बिजयी बन्नु भयो । १ स्थानमा मात्र मतगणना भएका कारण ढिला भए पछि हिजो बाट २ स्थानमा गणना गर्न थालिएको छ । गणना ढिलो भए पछि कार्यकर्ता आक्रोस पोख्न थालेका छन । स्थानीय नेकपा एसका युवा नेता युवराज प्रधानले कम्तिमा ४ ठाउमा मतगणना गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘यति पाराको मत गणना हो भने त १५ दिन लाग्ने देखियो, चाडो गणना गर्ने ब्यवस्था गर्नु पर्दछ ।’
नगरमा १४ वटा वडा रहेका छन । जसमा ३१ हजारको हाराहारीमा मत खसेको छ ।सूर्योदय नगरपालिकामा निर्वाचन अधिकृत लोक बहादुर हमालले शुरुको वडामा मत गन्न ढिलो भए पछि अव छिटो हुँन्े बताउनु भयो । उहाले भन्नु भयो‘कर्मचरीको हात बसी सकेको छ, अब अलिे छिटो हुन्छ ।’ उहाले ठाउ र जनशक्तिको ब्यवस्थापन गरी थप स्थानमा मतगणना गर्ने तयारी छ । गणना भैरहेको २ नम्बर वडाको सकेर दलहरु संग छलफल गर्ने जानकारी दिनु भयो ।
इलामका अन्यपालिकामा भने यहाँ भन्दा अलि छिटो मतगणना भैरहेको छ । अन्यपालिकामा धमाधम मतपरिणाम सार्वजनिक हुँन थालेको छ ।इलाम जिल्लामा ६९ प्रतिशत मत खसेको छ । इलाममा स्थानीय तह निर्वाचनका लागि २ लाख २४ हजार ७ सय ४८ मतदाता मध्ये १ लाख ५४हजार ९ सय ५५ मत खसेको छ । ४ सय २५ जना जनप्रतिनिधि छान्नका लागि मतगणना भैरहेको छ । हाल सम्म वडाअध्यक्षको मात्र नतिजा सार्वजनिक भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले सूर्योदयको मत ४ देखि ८ ठाउँमा गन्ने गरी छलफल भए पनि त्यो नगरिदा समस्या भएको बताउनु भयो । उहाले गणना थालेको तीन दिन भित्रमा सक्ने गरी मतगणना गर्नु पर्ने भए पनि ढिला भएको बताउनु भयो । उहाले भन्नु भयो‘आवश्यक परे जनशक्ति उपलब्ध हामी गराउछौ, तर हामी संग समन्वय भएको छैन ।’

Leave a Reply

Your email address will not be published.