इलामको सूर्योदय २ मा नेकपा एमालेका डिक बम्जन बिजयी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल : इलामको सूर्योदय नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका डिक बम्जन बिजयी हुँनु भएको छ । भखैरै प्राप्त बिवरण अनुसार नेपाली कांग्रेसका हिमाल मास्केलाई १४३ मतान्तरले हराउदै बम्जन बिजयी बन्नु भएको हो ।
बम्जनले ६२१ मत प्राप्त गर्दा काग्रेसका मास्केले ४७८ मत प्राप्त गर्नु भएको थियो । नेकपा एसका वाडध्यक्षका उम्मेदवार खड्ग बहादुर खड्काले ४२९ मात्र मत प्राप्त गर्नु भयो । यस्तै महिला वडा सदस्यामा नेकपा एमालेकी चन्द्रकला खत्री,दलित महिला सदस्यमा एमालेकै सावित्रा शिवा र सदस्यमा एमालेकै उपेन्द्र पान्डे बिजयी भएका हुँन । वडा सदस्यमा नेपाली काग्रेसका गणेश खड्का ( नकुल ) बिजयी भएका छन् ।
सूनपामा अव वडा नम्बर ३ को मत गणना हुने छ । दुई स्थानमा गणना हुँदै आएकोमा अव तीन स्थानबाट मतगणना हुँने जनाइएको छ । हाल सम्मा मेयरमा नेकपा एसका रणबहादुर राई ३२५ मतले अगाडी हुनुहुन्छ भने उप मेयरमा काग्रेसका दुर्गा बराल ३८० मतले अगाडी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published.