इलामको रोङ २ मा स्वतन्त्र उम्मेद्वार चन्द्रशेखर घिमिरे वडाध्यक्षमा बिजयी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

रोङ : इलामको रोङ गाउपालिका वडा नम्बर २ मा स्वतन्त्र उम्मेद्वार चन्द्र शेखर घिमिरे बिजयी भएका छन् । घिमिरेले ४ सय ४५ मत पाएका छन् । उनका निकटतमा प्रतिस्पर्धी नेकपा एमालेका पुर्ण तामाङले ४ सय ३१ मत पाएका छन् । घिमिरे नेपाली कांग्रेस बाट उम्मेद्वार हुन आकाक्षी थिए ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार बनेका थिए । नेपाली कांग्रेस बाट उम्मेद्वार बनेका पूर्व वडा अध्यक्ष टेकबहादुर तामाङले ४ सय २२ मत पाए । महिला सदस्यमा एमालेको उम्मेद्वार नानु तामाङ ५ सय २० मत सहित बिजयी भएका छन् भने दलित महिलामा नेपाली काग्रेसकी बालकुमारी लकान्द्री ५ सय ३८ मत सहित बिजयी भएको छ ।

त्यस्तै बाकी दुइ सदस्य नेकपा एमालेका इन्द्रप्रसाद कुइकेल र माधव प्रसाद सुवेदी बिजयी भएका छन् । वडा नम्बर १ र २ को मत गणना सम्पन्न हुदाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली का‌ग्रेसका उम्मेद्वारहरुको अग्रता कायमै रहेको छ ।

Leave a Reply

Your email address will not be published.