इलामको रोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मनिकुमार तामाङ बिजयी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति

रोङ : इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली काग्रेसका मणिकुमार स्याङबो तामाङ ९सुवास० र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल बिजयी भएका छन् । सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्धन्धी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ मत ल्याउदा निकटतम प्रतिद्धन्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन् । ६ वटा वडा रहेको रोङ गाउपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली काग्रेसका उम्मेद्वारले जितेका छन् भने २ वटा एमालेले जितेका छन् ।
वडा नम्बर १, ३ र ५ मा नेपाली काग्रेसले वडा अध्यक्ष जितेको छ भने वडा नम्बर ४ र ६ एमालेले जितेको छ । वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेद्वार ले बिजयी हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published.