सूर्योदय १३ को वडाध्यक्षमा एमालेका हेमराज १ मतले बिजयी , मतगणना स्थगित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल: सूर्योदय नगरपालिकाको मतगणना कार्य रोकीएको छ । १३ नम्बर वडाको मतपरिणाममा असन्तुटी जनाउदै माओवादी केन्द्रका प्रतिनिधि गणनास्थल छोडेर बाहीरिए पछि गणना रोकीएको हो । वडा नम्बर १३ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार हेमराज आचार्यले नेकपा समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्ेदवार तिर्थराज आचार्यलाई एक मतले पराजित गरेपछि धादली भएको भन्दै प्रतिनिधिले गणनास्थल छोडेपछि मतगणना कार्य रोकीएको छ । एमालेका हेमराजले ४७३ प्राप्त माओवादीका तिर्थले ४७२ प्राप्त गर्नु भएको छ । माओवादीले गणना स्थल छोडेपछि १४ नम्बर वडाको मतगणना कार्य रोकीएको हो । उनीहरुले धादली गरेर आफना उम्मेदवारलाई हराईएको आरोप लागएका छन । निर्वाचन आयोगले औपचारीक मत परिणाम घोषणा गर्नु अघि नै माओवादीका तीर्थ आर्चाले बिजयी हासील गरेका बाहिर हल्ला भएको थियो । आचार्यलाई सामाजिक संजाल फेसबुकमा उहाका शुभचिन्तकले बधाई र शुभकामना समेत दिएका थिए । सूर्योदय नगरपालिकाका निर्वाचन अधिकृत लोक बहादुर हमालले चित्त नबुझेको बिषयमा उम्मेदवारले उच्च अदालत इलाममा निवेदन दिन सक्ने बताउदै माओवादी केन्द्रका प्रतिनिधि नआए पनि मतगणना शुरु गरिने जानकारी दिनु भयो ।

नगरको मतपरिणामा
सुर्य–(काजीमान कागते)–१००१८
कलम–(रण बहादुर राई)–११४०८–अग्रता– १३९०
उपमेयरमा
सुर्य–(दुर्गा देवी भट्टराई)–८५३४
रूख–(दुर्गा कुमार बराल)–१०९१३–अग्रता –२३७९
छाता मेयर (मित्रलाल भट्टराई )–४५३
उपमेयर जुनु लिम्बू – १०४४
राप्रपा मेयर (मोहन श्रेष्ठ )–११७९
राप्रपा उपमेयर ( राधा ढकाल)–७११
भाले मेयर (राजन चाम्लिङ )४३५

Leave a Reply

Your email address will not be published.