नेता मात्र नभई जनता समेत देश बिर्गान लागे : राप्रपा अध्यक्ष लिङदेन

Breaking News Hot News Mukya Samachar Special News Trending राजनीति

इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देश बिगारेको बताएका छन् । इलाममा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेता मात्र चोर नभएको तिनै नेतालाई भोट हाल्ने जनताका कारण देश बिग्रीएको बताएका हुन् । उनले भने ‘नेताहरुलाई मात्र चोर भनेर हुन्छ, यो काम बिगार्न तपाई सहभागी भइराख्ने’ । परम्परागत रुपमा नै पुर्खाले जुन पार्टीलाई भोट लगाएको अर्को पुस्ताले पनि सोही पार्टीमा भोट हाल्ने परम्पराले पनि देश विकास हुन नसकेको उनको भनाई छ । उनले थपे ‘यो देश विगार्ने काममा तपाई पनि सहभागी हुनुहुन्छ भन्ने कुरामा तपाईले बुझ्नु पर्छ ।’
उनले देश समृद्धि र विकासतर्फ उन्मुख गराउने हो भने पार्टी हेरेर भन्दा पनि उम्मेद्धारलाई हेरेर निति र सिद्धान्त हेरेर भोट लगाउन सक्नु पर्ने बताए ।
नेपाली कांग्रेसको महादिवेशनमा नेतालाई जनताले गाउँमा चोर आयो भन्छन् भनेर भनेपछि निकै आलोचना र समर्थन समेत पाएका उनले चोर नेतालाई जिताउने जनता पनि देश बिगार्ने काममा लागेको उनको धारणा छ ।
उनले हाल देशका ठुला भनाउँदा कांग्रेस र कम्युनिष्ट पार्टीबाट देशमा भ्रष्टाचार मौलाएको, बिक्रिति बढेको र जनताले दुख पाएको भन्दै अब जनताले ति दलहरुलाई पछि पार्नुपर्ने धारणा राखे । हालको ब्यवस्थामा परिवर्तन र सुधार आवश्यक रहेको भन्दै उनले आगामी मंसिर चार गते जनतालाई बिचार गर्न आग्रह गरे ।
इलामका जनताले जिताएका नेता प्रधानमन्त्री, मन्त्रि र उच्च ओहदामा पुग्दा पनि इलाममा विकास नभएको भन्दै उनले निकै बिचार गरेर आफ्नो मत प्रयोग गर्न जनतालाई आग्रह गरे । अब पनि कांग्रेस कम्युनिष्टले मत पाउनु भनेको आफु मात्र नभएर आउने पुस्ता समेत पछि पर्ने काम हुने भन्दै हलो चिन्हमा मतदान गर्न उनको आग्रह छ । सबैभन्दा माथी देश भएको भन्दै उनले देशको विकासमा कुनैपनि पार्टीका नेताहरु नलागेको उनको भनाई छ । भ्रष्टाचार गर्नु भनेको सामान्य विषय भएको भन्दै उनले यसलाई सामान्य रुपमा नलिन जनतालाई आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले हाल कांग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आफ्ना नेताहरुले आफुसँग केही गर्न नसकेको गुनाशो गर्ने गरेको भएपनि भोट परम्परागत रुपमा नै लगाएका कारण केही दलमात्र अगाडी बढेको धारणा राखे । उनले देशलाई समृद्धिको बाटोमा लैजाने भिजन आफुसँग रहेको बताउँदै पछिल्लो समय धेरै युवाहरु आफ्नो पार्टीमा गोलवद्ध हुने क्रम बढेको बताए ।

Leave a Reply

Your email address will not be published.