युवा–विद्यार्थी एकता प्रक्रियामा कसिएको गाँठो फुकाउन किन हुदैछ, नेकपामा सकस !

Breaking News Special News राजनीति समाचार समाज

काठमाडाैँ २०,भदाै ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको एकताको लागि तोकिएको समय सिमा गुज्रिसके पनि एकता प्रक्रिया आजसम्म पनि टुग्याउन सकेको छैन ।

पार्टी एकता भएको लामो समयसम्म कसरत पनि कुनै किसिमको निश्कर्ष निकाल्न नसकदा,   तल्ला निकायका पार्टी कमिटिहरु तथा जनवर्गिय संगठनहरुबिचमा एकता प्रक्रियामा पश्न चिन्ह खडा भएको छ । नेकपाको नेतृत्वतहमा समेत असन्तुष्टी बढेको छ ।

मुलुककै दुई ठुला पार्टीहरुबिच भएको एकता पश्चात जसरी तिव्र गतिमा एकता प्रक्रियाले मेलो समात्नुपर्ने हो समात्न सकेको छैन ।

यसरी एकता प्रक्रियाले गति नपाउँदा पार्टी तथा जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र छन् ।

कहाँ पुग्यो युवा–विद्यार्थीको एकता ?

नेकपाभित्र सबैभन्दा शक्तिशाली मानिने युवा–विद्यार्थीबिचको एकता प्रक्रियामै  सहमति जुट्न सकेको छैन ।

सम्बन्धित संगठनका इन्चार्ज तथा अध्यक्षहरु रहेको कार्यदलका बैठकहरु दैनिकजसो हुने गरेको भएपनि नेतृत्व, नाम तथा झण्डा र कमिटिको संख्यामा कुरा नमिल्दा कार्यदलले पार्टीमा प्रतिवेदन बुझाउन सकेको छैन ।

वाइएसिएल नेपाल र युवा संघ नेपालबिचको कार्यदलले झण्डा र नेतृत्वबाहेक अन्य विषयमा सहमति नजिक पुगेको बताएको छ भने अखिल क्रान्तिकारी र अनेरास्ववियुबिचमा नेतृत्वमा सहमति जुट्न सकेको छैन ।

युवा नेताहरुका अनुसार युवाको कार्यदलमा अहिले झण्डाको विषयमा छलफल जारी छ । वाईसिएलले झण्डा आफ्नो र युवा संघ दुवैको नराखी नयाँ बनाउनुपर्ने अडान राखेको छ भने युवा संघले झण्डा आफ्नै हुनुपर्ने अडान राखेको छ ।
नाम, स्थापना मिति र कमिटि संख्याको विषयमा करिब सहमति नजिक रहेको वाइसिएलका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन् ।

युवा संघका अध्यक्ष रमेश पौडेलका अनुसार समानताका आधारमा दुई संगठनकाबिच एकता हुनेछ । नयाँ बन्ने संगठनको अध्यक्षमा भने वाईसिएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र युवा संघका अध्यक्ष रमेश पौडेल दुवैको दावी रहेको छ ।

यसैगरी दुई विद्यार्थी संगठनको कार्यदलले भने नेतृत्व बाहेक अन्य विषयमा सहमति जुटाईसकेको छ । अनेरास्ववियुको ‘यु’ लाई दिर्घ ‘यू’ बनाएर एमाले सम्बद्ध अनेरास्ववियुको नाममा सहमति जुटेको छ भने झण्डा यसअघि नै एउटै रहेकोले विवाद थिएन । ४९९ को केन्द्रिय कमिटि बनाउने सहमति गरेका दूई अखिलमा केन्द्रिय समितिका लागी दुवै संगठनबाट हुने प्रतिनिधि संख्यामा समेत सहमति जुटिसकेको छ । सहमतिअनुसार अखिल क्रान्तिकारीबाट २३९ र अनेरास्ववियुबाट २६० रहने छन् ।

यी दुई संगठनबाट पनि नेतृत्वमा दुवैतिरबाट दावी छ । अखिल क्रान्तिकारीबाट रंजित तामाङ्को दावी रहेको छ भने अनेरास्ववियुबाट महासचिव एैन महरको अध्यक्षमा दावी रहेको छ । अध्यक्ष नविना लामा सांसद भईसकेपछि उनी अध्यक्षको प्रतिष्पर्धामा छैनन् ।

तर जेजति विवादका विषयहरु रहन्छन् तिनलाइ पार्टी नेतृत्वले टुंग्याउने निर्णय नेकपाले गरेको छ ।

Leave a Reply

Your email address will not be published.