यात्रु ठग्ने ट्याक्सी र कारलाई रु तीन हजार जरिवाना

Breaking News Special News अन्तर्राष्ट्रिय अपराध कर्णाली प्रदेश कला संस्कृति खेलकुद गण्डकी प्रदेश घुमफीर ज्ञानविज्ञान पर्यटन प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ५ प्रदेश नं. ७ प्रदेश संस्करण बिजनेस बिमा बैंकिंग मनोरञन राजनीति रोचक विचार विश्व अर्थतन्त्र शिक्षा समाचार समाज सूचना प्रविधि स्वास्थ्य/शिक्षा

काठमाडौं, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ ।

महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानकारी दिए ।

‘साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१ ट्याक्सी, कार तथा जीपलाई कारबाही गरेका छौँ’, उनले भने ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्नुपर्ने बताइ । ‘सरकारले मिटर ट्याक्सीको रकम बढाउन लाग्नुपर्छ र हरेक चालक मिटरमा जानुपर्छ’, उनले भने ।

अध्यक्ष गौतमले कार र जीपले यात्रु बोक्न नपाउने बताउनुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र १० हजार ६०० ट्याक्सी सञ्चालनमा रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published.