मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने

Mukya Samachar Special News राजनीति

फागुन ,१ पोखरा: हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।

पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए ।

पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका हुन् ।

पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ । रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनेछन् ।अनलाईन खवरबाट

Leave a Reply

Your email address will not be published.