इलाम: आफ्नो जन्मदिनको अवसर पारेर नेपाली काँग्रेसका नेता, समाजसेबी तथा चियाबारी एफ एमका अध्यक्ष डम्बर खड्काले शुक्रबार मार्इजोगमाइ गाउपालिका– २ निवासी अति बिपन्न परिवारका अर्जुन लाप्चाका क्यान्सर पीडित ५ बर्षिय छोरा सान्देल लाप्चाको परिवारलाई बीर अस्पताल काठमाडौमा पुगेर नगद रू ३१ हजार एक सय रूपैंयाॅ आर्थिक सहयोग गरेका छन् ।
यस बर्षको जन्मदिनमा समाजमा भोज पाटी तथा मादक पर्दाथ सेवन मा फजुल खर्च गरी मनाउने चलनका बिरुद्ध खड्काले उपचारको लागि आर्थिक अभावले छटपटाइ रहेका अर्जुन लाप्चालाई आर्थिक सहयोग गरेका हुन ।
खड्काले पहिला देखी नै बिपन्न परिवारहरूलाई नगद, लता कपडा, खाद्यान्न सहयोग गर्दै आएका छन ।