१ नम्बर प्रदेशलाई खेलकुदको राजधानी बनाईन्छः मुख्यमन्त्री राई

Mukya Samachar Special News खेलकुद राजनीति

इलामः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई खेलकुदको राजधानीका रुपमा बिकास गरिने बताउनु भएको छ ।

माईभ्याली गोल्डकपको पाँचौ संस्करणको इलाममा उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई आगामी दिनमा खेलकुदको राजधानीका रुपमा बिकास गरिने बताउनु भएको हो ।

उहाले १ नम्बर प्रदेश सरकारले अन्तराष्ट्रिय स्तरको देशकै सबै भन्दा बढी धनरासीको मुख्य मन्त्री कपको आयोजना गरिने बताउनु भयो ।


मुख्यमन्त्री राईले चाडै उक्त प्रतियोगिता गरिने बताउदै स्थानीय र प्रदेश सरकार मिलेर स्थानीय स्तरमा समेत बिभिन्न प्रतियोगिता गरिने बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशको बिकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।


आयोजक माईध्याली फुटवल क्लबका अध्यक्ष धिरेन चेम्जोङले फुटबल इलामको इतिहास र संस्कार भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.