नेकपामा अपत्यारिलो मोर्चाबन्दी:पूर्व एमाले प्रचण्डतिर, पूर्व माओवादी ओलीतिर !

Breaking News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति समाज


काठमाडौं: अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)मा आफ्नो गुट बलियो बनाउन नेता तानातान गर्ने होडबाजी चलिरहेको छ ।

दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री प्रचण्डले नेताहरु आफ्नो पक्षमा ल्याउन हरतरहको कसरत गरिरहेका छन् ।

त्यसमा पनि अहिले पार्टी्भित्र अनौठो कनेक्सन देखिएको छ । गत ३ जेठमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा दुई पार्टीका अध्यक्ष दुई अध्यक्षका रुपमा छन् । माओवादी नेताहरु एमाले अध्यक्ष ओलीको पक्षमा र एमाले नेताहरु प्रचण्डको पक्षमा देखिएका छन् ।

बर्तमान सरकारमा गृहमन्त्री रहेका तत्कालिन माओवादी नेता रामबहादुर थापा अहिले ओलीको निकटस्थ बनेका छन् । आफ्नो् गृहमन्त्री पद जाने भएपछि उनी प्रधानमन्त्री ओलीको गुटमा आएको चर्चा चुलिएको छ ।

पार्टीमा अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालले बलिया गुट चलाएका छन् । नेकपा सचिवालयभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ ।

अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिका विषयमा नेकपा अध्यक्ष प्रचण्डले कुनै खास टिप्पणी नगरेपनि पूर्वएमालेका भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाललगायतले खुलेर आलोचना गरेका छन् ।

सचिवालय सदस्य बामदेव गौतम, नारायणकाजी श्रेष्ठ भने पार्टी्भित्रका बैठकमा बिरोधी कित्तामा उभिएका छन् । प्रधानमन्त्री ओली, सचिवालय सदस्य तथा गृहमन्त्री थापा नेकपा महासचिव पौडेललगायत भने सहमतिको बचाऊमा खुलेर लागेका छन् ।

नेकपा एकीकरणपछि नेताहरूको समिकरण अवसरका आधारमा फरक फरक देखिन्छ । भेनेजुएला प्रकरणमा विज्ञप्ति प्रकाशितको विषय, राउतसँगको सहमति र नेपालमा युनिफिकेशन चर्चको सम्मेलन होस् अथवा सरकार सञ्चालनको गतिमा फरक फरक अवस्था देखिएको छ ।

अहिलेको अस्थिर अवस्थाको प्रयोगका क्रममा राउतसँगको पछिल्लो सहमतिमा गृहमन्त्री थापा गोप्यताका साथ प्रधानमन्त्री ओलीसमक्ष पु¥याएर सरकारको गति मधेसमा बलियो बनाएको भन्दै अहिले ओली–बादल समिकरण बनेको छ ।

एकीकरणपूर्व तत्कालिन माओवादी केन्द्रका बरिष्ठ नेताका आधारमा राष्ट्रिय सभा सदस्य हुँदै गृह मन्त्रालयको जिम्मेवारी पुगेका थापा अहिले ओली निकट पुग्नुलाई आगामी महाधिवेशनको जोडघटाउनका रुपमा पनि हेरिएको छ ।

माओवादी क्रान्तिकारीबाट तत्कालिन एमाओवादीमा प्रचण्डले प्रवेश गराएपछि पार्टीको नाम माओवादी केन्द्र बनेको थियो । एमालेसँगको एकीकरणपछि बनेको नेकपामा पुग्दा भने थापाले समिकरण बदलेको उदाहरण हो यो ।

सरकारमा मन्त्री हेरफेरको चर्चा चलिरहेका बेला थापाले कित्ता बदलेका छन् । गृह मन्त्रालयबाट थापा स्थानान्तरण गरी नेता इश्वर पोखरेललाई ल्याउन लागेपछि यस्तो भएको बताइन्छ ।

ओली अध्यक्ष र प्रधानमन्त्रीको बलियो भुमिकामा रहेका कारण तत्काल यो समिकरण मन्थन हुने अवस्थामा छैन । जिल्ला र स्थानीय तहसम्म पार्टी एकीकरणको टुंगो नलागेसम्म शक्ति सन्तुलन र शक्ति आर्जनको खेलमा यो अस्थायी समिकरण कायम रहने विश्लेषकहरूको बुझाई छ ।

उता, जसरी अर्का अध्यक्ष प्रचण्डको समिकरणमा पूर्वएमाले नेताहरू लागेका छन्, त्यसैगरी पूर्वमाओवादी नेताले पनि ओली कित्ताको अवसरलाई छाड्ने छैनन् । एकीकरण टुंगो लागेर महाधिवेशनको घोषणा नहुन्जेल नेकपामा शक्ति सन्तुलनका अस्थायी खेल जारी रहने देखिन्छ ।

त्यतिमात्र होइन अहिले पूर्व माओवादी नेता जनार्दन शर्मा पनि ओलीको पक्षमा देखिएका छन् । भने एमाले नेता भिम रावल प्रचण्डको पक्षमा देखिन्छन । स्रोतहरुका अनुसार प्रचण्डले एमालेका युवा नेताहरुलाई आफ्नो पक्षमा पारिसकेका छन् ।

अव मन्त्रीमण्डल हेरफेर हुँदा प्रचण्डले पूर्व एमाले नेताहरुलाई सिफारिस गरेर आफ्नो पक्षमा पार्ने तयारी गरिरहेको बताइन्छ । भने ओलीले कुनै पनि हालतमा जनार्दन शर्मालाई मन्त्री बनाउने भन्दै लागिरहेका छन् । अभियान टाइम्स

Leave a Reply

Your email address will not be published.