कार्यकर्तालाई नआत्तिन कांग्रेस नेता सिंहको आग्रह

Mukya Samachar Special News Trending राजनीति समाचार

इलाम: नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहले हार भयो भन्दैमा नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । इलाम सदरमुकाममा कांग्रेस इलामले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चुनावमा हारजित सामान्य कुरा भएको भन्दै भुल सुधार गर्दै अघि बढ्नु पर्ने वताउनुभयो ।

हारपछि अझ जनतामैत्री काम गर्नु पर्नेमा जोड दिँदै नेता सिंहले जनताको काम गर्न नछाड्न आग्रह गर्नुभयो । ‘हारेपछि अझ धेरै मेहनत गर्नुपर्छ, परिक्षामा पास हुन पनि राम्रो अभ्यास गरेकै हुनुपर्छ ।’ नेता सिंहले भन्नुभयो ।

आफुले पनि बहुदल पछि दुइ पटक हार ब्यहोरेको अनुभव सुनाउँदै उहाँले हारपछि आफु र पार्टीलाई सुधार गरेर लैजानु पर्ने वताउनुभयो ।
हालको सरकारले दुई तिहाईको दम्भ देखाएको बताउँदै उहाँले जनतामैत्री बन्न सुझाव समेत दिनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री तथा केन्द्रीय सदस्य ह्दयराम थानी, केन्द्रीय सदस्य सरिता प्रसाइँ लगायतले आफ्नो मन्तब्य राख्दै कांग्रेसलाई एक ढिक्का बनाउन गाउँ स्तरबाट नै लाग्नु पर्ने वताउनुभयो ।जनताले पत्याउने र जनतालाई सहज हुने खालका कार्यक्रम लिएर अघि बढ्न उहाँहरुले सरकारलाई सुझाव दिनुभयो ।नयाँ बुल्न्दबाट

Leave a Reply

Your email address will not be published.