पूर्वबाट पक्राउ परेका बिप्लव समुहका नेता कार्यकर्ताको अबस्था अज्ञात

Breaking News Mukya Samachar Special News Trending अपराध राजनीति

ईटहरी: प्रहरीले पछिल्लो समयमा विप्लवका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरेपनि अवस्था सार्वजनिक गर्ने गरेको छैन । देशका बिभिन्न स्थानबाट पक्राउ परेका नेता कार्यकर्ताहरुको अबस्था अज्ञात रहेको छ ।

उनीहरुलाई पक्राउ गरिएको बारेमा प्रहरी नै अनभिज्ञता प्रकट गर्ने गर्छ । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठलाई प्रहरीले बुधबार विहान सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँबाट पक्राउ गर्यो । उदयपुर घर भएका श्रेष्ठलाई पक्राउ गरेपनि प्रहरीले आधिकारिक रुपमा पुष्टि गरेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले इन्चार्ज श्रेष्ठलाई पक्राउ नगरिएको दावी गरेका छन । उनले विप्लवका कोही कसैलाई पनि पक्राउ नगरिएको दावी गरे ।

त्यस्तै प्रहरीले इटहरीको हलगडाबाट मंगलबार साँझ पूर्व जनमुक्ती सेनाका विग्रेड भिसी सूर्य खड्कालाई पनि पक्राउ गर्यो । परिवारका सदस्यसँग बसिरहेका बेला पक्राउ गरिएका खड्कको अवस्था अज्ञात छ । संखुवासभा घर भएका खड्का विप्लव नेतृत्वको नेकपाका पूर्व सुनसरी सदस्य हुन् । आईतबार मात्र कोशी व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) सहित बिभिन्न जिल्लाबाट कार्यकर्ताहरु पक्राउ परेका थिए ।

मोरङको कानेपोखरी गाउँपालिका–४ बयरबनबाट पुष्कर र माधव गौतम पक्राउ परेका थिए भने भोजपुरको टेम्के मैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका १ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरिएको थियो । उनीहरु जिल्लास्तरका नेता हुन । प्रहरीले पछिल्लो एक महिनाको अवधिमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक सय ४६ जना भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा विप्लवका तेस्रो ठूला नेता, मध्यकमाण्डको नेतृत्व सम्हालिरहेका हेमन्तप्रकाश वली ’सुदुर्शन’सहित १० जना पोलिटब्यूरो सदस्य र जिल्ला इन्चार्जदेखि कार्यकर्तासम्म रहेका छन ।सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधि राजनीतिक नभइ हिंसात्मक भएको ठहर गर्दै फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिबन्धपछि विप्लव समूहका ७४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दैनिक रुपमा नेता कार्यकर्ता पक्राउ गरेपनि अबस्था सार्बजनिक नगर्नुले प्रहरी माथि नै शंका उब्जाएको छ । तसर्थ पक्राउ परेकाहरुको अबस्था सार्बजनिक गर्नु जरुरी छ ।पूर्वेली न्युजबाट

Leave a Reply

Your email address will not be published.