पूर्व राजा ज्ञानेन्द्र शाह इलाम र पाँचथरको भ्रमणमा आउँदै

Breaking News Hot News Mukya Samachar Special News Trending राजनीति समाचार समाज

इलाम:पश्चिम नेपालको भ्रमण गर्नु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबारबाट इलाम र पाँचथरको भ्रमण गर्नु हुने भएको छ ।
शाह नीजि भ्रमणका शिलसिलामा इलाम र पाँचथर आउने भए पछि राजाबादीहरुले उनको स्वागतको तयारी गर्न थालेका छन् ।
दुवै जिल्ल्लामा राजावादीहरुले स्वागत समिति नै बनाएर काम गरिरहेका छन् ।
पूर्व राजा शाह आइतबार साँझ इलाम आएर समिट होटलमा बस्ने कार्यक्रम तय भएको छ ।.ग
शाह १८ गते विहान पाँचथर जाने कार्यक्रम तय भएको छ। फिदिममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको सालिक माल्यार्पण लगायत धार्मीक क्षेत्रको भ्रमण तय भएको छ ।

शाहले २१ गते विहान माईस्थान मन्दिरसम्मको दर्शन गर्ने बुझिएको छ । भ्रमणका कारण शुभचिन्तकहरुसँगको भेटघाट समेत रहने कार्यक्रम छ । उहाका नीजि सचिव फणिन्द्रराज पाठकले पूर्व राजा शाहको भ्रमण नितान्त ब्यक्तिगत भएको जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published.