पूर्व राजा ज्ञानेन्द्र शाह इलाममा, फिक्कलमा भब्य स्वागत

Breaking News Hot News Mukya Samachar Special News Trending राजनीति समाचार

दिनेश महत,प्रेम अधिकारी ,फिक्कलः

पूर्व राजा ज्ञानेन्द्र शाहलाई सूर्योदय नगरपालिकाको फिक्कलमा आज साझ भब्य स्वागत गरिएको छ । पूर्व राजा शाह इलामको भ्रमणमा आउने भए पछि राजावादीहरुले दिउसो देखि नै स्वागतको तयारी गरेका थिए । फिक्कलमा सर्वसाधारणले लामो समयको प्रतिक्षा पछि लामबद्ध भएर पूर्व राजा शाहलाई फुलगुच्छा दिएर स्वागत गरेका हुन ।

दिउसै आउने भनीए पनि पूर्व राजा शाह साझ मात्र बाक्लो सुरक्षाका बिच फिक्कल आई पुग्नु भएको थियो । पूर्व राजा फिक्कल आईपुग्दा उहाका सर्मथकले राजा आउ देश वचाउँ जस्ता नारा लगाएका थिए । फिक्कल बजारको ट्राफिक बिट अगाडी सवारी रोकेर पैदल हिडेर स्वागत थाप्नु भएका शाहले करिव १० मिनेट स्थानीय संगै बिताउनु भयो ।

पूर्व राजालाई उनका सर्मथक र सर्वसाधारणले देशमा हत्या हिंसा अपराध र भ्रष्टाचार बढ्दै गएकाले राजालाई देशका लागि केहि गर्नु पर्ने आग्रह गरेका थिए । प्रफुल्ल मुद्रामा देखिनु भएका पूर्व राजा शाहले सामान्य कुराकानी गरे पनि आफु कुनै भुमीकामा फर्कने र देशको राजनीतिक घटना क्रमका बिषयमा केहि प्रतिक्रिया दिनु भएन ।
पूर्व राजा शाहलाई प्रहरीले स्कटीङ गरी फिक्कल ल्याएको थियो भने फिक्कल बजारमा प्रहरीले शान्तिसुरक्षा र ट्राफिक ब्यावस्थापनको काम गरेको थियो । पूर्व राजा आउनु अगाडी देखि नै फिक्कल चोक बजारमा शिव सेना नेपालले लाईन मिलाउने देखि सुरक्षा ब्यावस्थामा खटेको थियो । फिक्कलमा केहि बेरमा तय भएको कार्यक्रममा २ हजार बढी उहाका सर्मथक र सर्वसाधारणको उस्थिति रहेको थियो । इलाममा समेत उहाको भब्य स्वागत गरिने भएको छ ।
पूर्व राजा आउनु अघि राजावादी युवा नेता सोयजन शेर्पाले देशमा कुनै राजनीतिक दलले केहि गर्न नसकेकाले पुन राजाको खाचो औल्याएका थिए ।

पश्चिम नेपालको भ्रमण सक्नु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबारबाट इलाम र पाँचथरको भ्रमण थाल्नु भएको हो ।
शाह नीजि भ्रमणका शिलसिलामा इलाम र पाँचथर आउने भए पछि राजाबादीहरुले उनको स्वागतको तयारी गर्न थालेका थिए ।
दुवै जिल्ल्लामा राजावादीहरुले स्वागत समिति नै बनाएर काम गरिरहेका छन् । पूर्व राजा शाह आइतबार साँझ इलाम पुगेर समिट होटलमा बस्ने कार्यक्रमे छ ।
शाह १८ गते विहान पाँचथर जाने कार्यक्रम तय भएको छ। फिदिममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको सालिक माल्यार्पण लगायत धार्मीक क्षेत्रको भ्रमण तय भएको छ ।
शाहले २१ गते विहान इलामको माईस्थान मन्दिरसम्मको दर्शन गर्ने कार्यक्रम रहेको बुझिएको छ । भ्रमणका कारण शुभचिन्तकहरुसँगको भेटघाट समेत रहने कार्यक्रम छ । उहाका नीजि सचिव फणिन्द्रराज पाठकले पूर्व राजा शाहको भ्रमण नितान्त ब्यक्तिगत भएको जानकारी दिएका छन ।

पूर्व राजा आउदा तत्कालिन राजाकै झल्को

पूर्व राजा भएको १३ बर्ष बिते पनि उहा कार्यक्रममा आउदा तत्कालिन राजाकै झल्को पाईयो । सर्वसाधारणको उपस्थिति देखि पूर्व राजाको जयजयकारले पुरानै झल्को दिएको हो । कार्यक्रम संचालन गर्ने संचालकले समेत पूर्व राजा भनेर सम्बोधन नगरी राजा नै भनेर सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.