‘विप्लव’ पछि पूर्व राजा ज्ञानेन्द्रलाई प्रतिबन्ध लगाउने तयारीमा सरकार रहेको खुलासा

Breaking News Hot News Mukya Samachar Special News Trending राजनीति समाचार

पाँचथर: कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगायो ।

विप्लवका कार्यकर्ता पक्राउ गरेर थुन्ने काम समेत कम्युनिस्ट सरकारले गरिरहेको छ । तर अब कम्युनिस्ट सरकारले शान्तिपूर्ण भ्रमण रभेटघाट गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि समेत प्रतिबन्ध लगाउन सक्ने एक नेकपा नेताले खुलासा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का सहइञ्चार्ज सावित्रिकुमार काफ्लेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले भने, ‘ज्ञानेन्द्र शाहलाई सर्वसाधारण नागरिक सरह गतिविधि गर्ने अधिकार छ । तर गुमेको शक्ति फर्काउन ज्ञानेन्द्रले प्रयत्न गरे सरकारले प्रतिबन्ध लगाउन सक्छ ।’

देश दौडाहाका क्रममा पूर्वराजा ज्ञानेन्द्र सोमबार पाँचथर सदरमुकाम फिदिम आउने कार्यतालिका छ । ‘राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पूर्वराजा चलखेल गरिरहेका छन्,’ काफ्लेले भने, ‘संविधान विपरित गतिविधि गरेको खण्डमा कानून बमोजिम कारबाही हुन्छ ।’ पूर्वराजा ज्ञानेन्द्र देखेर कम्युनिस्ट सरकार आत्तिएको काफ्लेको अभिव्यक्तिबाट देखिएको छ ।

पूर्वराजाको गतिविधिले सरकार सशंकित भएको काफ्लेको भनाइ छ । पूर्वराजाको गतिविधिलाई प्रतिबन्ध लगाउने सामथ्र्य सरकारसँग भएको उनको भनाइ छ । ‘वाम सरकारले मुलुकको हित विपरीत गतिविधि गर्नेलाई रोक लागाउनुपर्छ,’ उनले भने । च्यानल नेपालबाट

Leave a Reply

Your email address will not be published.