इलाम: पूर्वराजा ज्ञानेन्द्र शाहलाई इलाममा भव्य स्वागत गरिएको छ । निजी धार्मिक भ्रमणका नाममा जिल्ला आएका शाहलाई उनका समर्थकहरुले स्वागत गरेका हुन । पाँचथर भ्रमण सकेर इलाम आएका शाहलाई स्वागतका लागि उनका सर्मथकहरुले विहानैदेखि तयारी गरेका थिए । लामो समयको प्रतिक्षा पछि लामबद्ध भएर पूर्व राजाशाहलाई पुष्प गुच्छा तथा विभिन्न साँस्कृतिक झाँकी र नारा जुलुस सहित शाहको स्वागत गरिएको थियो ।
उनका समर्थकले ‘हाम्रो राजाहाम्रो देश, प्राणभन्दाप्यारो छ’ ‘राजाआउ, देश बचाउ’, मेचीकाली के भन्छज्ञानेन्द्र राजा ले भन्छ’ ‘नेपाली जनता के भन्छन्, राज संस्था ले भन्छन्’ जस्ता नारा लगाएका थिए । राजसंस्था हटेको दशक वितिसके पनि पूर्व राजा इलाम आउँदा तत्कालिन राजाकै झल्को पाईएको स्थानियको प्रतिक्रिया दिए । सर्वसाधारणको उपस्थिति देखि पूर्व राजाको जयजयकारले पुरानै झल्को दिएको दिएको थियो । शाहको स्वागतका लागि जिल्लाका विभिन्न गाउँ–गाउँबाट बालबालिकादेखि वृद्धवृद्धा उपस्थित भएका थिए । सदरमुकाम स्थित समिट होलटलबाट नविन चोकसम्म गाडीबाट आएका शाह नविन चोकदेखि माइस्थान मन्दिरसम्म पैदल पुगेका थिए । माईस्थान मन्दिरको दर्शन गरी करिब २० मिनेट पूजापाठ समेत गरेका छन् ।
शाहलाई स्वागत गर्नेमा राजा र राजसंस्थाको विरोध गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरु समेत सहभागी थिए । सक्रिय राजतन्त्रात्मक व्यवस्था भएका बेला नागरिक अभिनन्दनका नाममा इलाम आएका थिए । यसपालिको यो भ्रमणको क्रममा शाह पाँचथरको फिदिम पुगेर दुई दिन बसेका थिए । त्यहाँ रहँदा समेत उनले सुम्हात्लुङको दर्शन र पूजापाठ गरेका थिए । पाँचथरमा समेत शाहलाई भव्य स्वागत गरिएको थियो ।
शाहको पूर्वी पहाडी क्षेत्रको भ्रमणलाई महत्वका साथ हेरिएको छ । शाहको भ्रमण नीजि धार्मिक भनिएपनित्यो राजनीतिक हिसावमा चलखेल हुन सक्ने अनुमान गरिन्छ । राप्रापाका नेता कार्यकर्ताहरुको सक्रियातामा भएको भ्रमणलाई अर्थपूर्ण रुपम लिएको छ । शाह निजि भ्रमणका नाममा इलाम आउने भएपछि राजावादीहरुले उनको स्वागतको लागि स्वागत समिति नै बनाएका थिए ।
यसैबीच पूर्वराजाको भ्रमणकालागि राखिएको स्वागत व्यानरले राजतन्त्रकै आभास दिलाएको थियो । शाहले दर्शन र पूजापाठगर्ने माइस्थान मन्दिरको प्रवेशद्वारमा ‘श्री ५ वडामहाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार’ लेखिएको थियो । सौर्य दैनिकबाट