भारतमा कन्हैयालाई हराउने सड्यन्त्र

Special News अन्तर्राष्ट्रिय राजनीति रोचक

Mailकाठमाडौं :हिन्दुवादी शिव सेनाका नेता एवम् सामना पत्रिकाका सम्पादक सञ्जय राउतले ‘कन्हैया कुमारको किसी भी तरह हराना चाहिए’ शिर्षकमा सम्पादकीय लेखेका छन् ।

सम्पादकीयको पेट बोलीमा उनले विद्युतीय ‘भोटिङ मेसिन (इभीएम) विगारेर भए पनि कन्हैया कुमारलाई हराउनु पर्छ’ भनेर थप प्रस्ट पनि पारेका छन् । यस्तो सम्पादकीय लेखेपछि विहारको बेगुसराय निर्वाचन क्षेत्रमा खैलाबैला मच्चिएको छ ।

जहाँबाट भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट कन्हैया कुमार प्रत्यासी छन् । पत्रिकाको सम्पादकीय कोलममा यस्तो लेख्न मिल्छ कि मिल्दैन भनेर त्यहाँ निर्वाचन आयोगलाई सार्वजनिक रुपमा सोधिएको छ ।

भाजपाको नेतृत्वको एनडीएले कसरी निर्वाचन लडिरहेको छ भन्ने पनि यो प्रमाण हो । संसदीय व्यवस्थामा निर्वाचनको स्वच्छता यहीबाट नाप्न सकिन्छ ।

सम्पादकीयमा उनलाई भारत विखण्डनको ‘जहर की पुडिया’ (विषको पोको) जस्ता तथानाम लेखिदासम्म भारतीय निर्वाचन आयोगले पत्रिकाको सम्पादकीयमाथि आचारसंहिता लगाउन सकेको छैन ।सजिलो खवरले समाचार छापेको छ ।
आयोगले देखेको नदेखेझैं गरेपछि यतिखेर पूरै विहारमा यो प्रसंगले भाषणवाजीको मौका पाएको छ ।

को हुन् कन्हैया कुमार ?
कन्हैया कुमार भारतीय कम्युनिस्ट पार्टी विद्यार्थी नेता हुन । सन् २०१५ मा जेएनयू (जवाहरलाल नेहरू विश्वविद्यालय) छात्रसंघको अध्यक्षमा निर्वाचित भएका थिए । भनिन्छ उनले यो निर्वाचन एउटै भाषणको कारण जितेका थिए ।

सन् २०१६ मा कास्मिरी अलगाववादी सन् २००१ मा भारतीय संसदमा हमला गर्दाका दोषी मोहम्मद अफजल गुरुको फाँसीको सजाय विरुद्ध एउटा विद्यार्थी जुलुस भएको थियो । त्यही जुलुसमा भारत विरोधी नारा लागेको आरोपमा मुद्धा दर्ता भयो । त्यो मुद्धामा कन्हैयालाई आरोपित गर्दै दिल्ली पुलिसले गिरफ्तार ग¥यो ।

उनको कुनै संलग्नता नभेटिएपछि अदालतले २ मार्च २०१६ मा अन्तरिम जमानत दियो । तर, हिन्दु अतिवादीले अदालतमै उनीमाथि सांघातिक हमला गरे ।
ढबाल बाल बचेका कन्हैया त्यहीँदेखि भारतभर प्रख्यात भए । भारतीय मिडियाले उनलाई यति उछाल्यो कि मोदीका विरोधी कोही छन भने ती कन्हैया कुमार नै हुन । कन्हैया कुमारको हालै ‘बिहार टू तिहाड’ नामको पुस्तक छापिएपछि उनी आम युवाहरुको आकर्षणको केन्द्र नै बनेका छन् ।

विहारको बेगुसराय निर्वाचन क्षेत्रबाट उठेका कन्हैया कुमारको उम्मेदवारी यतिखेर भाजपा गठबन्धन एनडीए र विहारको महागठबन्धनलाई निर्वाचन जित्न फलामको च्युरा सावित भएको छ । उनले निर्वाचन खर्च जुटाउन १ रुपैया अभियान चलाएका छन् ।
देशभरबाट चलाइएको यो अभियान अन्तर्गत ३७ लाख रुपैया उठेको सार्वजनिक गरेका छन् । भारतको लोकसभाको प्रत्यासी एकजनाले ७० लाखसम्म खर्च गर्न सक्ने निर्वाचन आयोगले मापदण्ड बनाएको छ ।

गरिव मजदुर परिवारमा जन्मिएका कन्हैया कुमारले भारतमा कम्युनिष्ट पार्टीहरुको हार हुनुमा त्यहाँको मजदुर, किसान आन्दोलन र सामाजिक रुपान्तरणको विषयलाई विर्सदै पूरै संसदीय व्यवस्था अनुकूल दक्षिणपन्थको बाटो समाउनु कारक बताउँदै आएका छन् ।
नेपालमा पनि बामपन्थी दलहरु यसरी नै हेलिए भने संसदबाट कुनै पनि दिन हात धुन सक्छन भन्ने यो गतिलो उदाहरण हो ।

Leave a Reply

Your email address will not be published.