दरवारमार्गको किङ्स लाउञ्जमा लाईभ फुटबल, फाईभ ब्रदर्शले तताउँदै छन् फुटबलप्रेमीलाई

Breaking News Hot News Mukya Samachar Special News अन्तर्राष्ट्रिय अपराध कर्णाली प्रदेश कला संस्कृति खेलकुद गण्डकी प्रदेश घुमफीर ज्ञानविज्ञान पर्यटन प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ५ प्रदेश नं. ७ प्रदेश संस्करण बिजनेस बिमा बैंकिंग मनोरञन राजनीति रोचक विचार विश्व अर्थतन्त्र शिक्षा समाचार समाज सूचना प्रविधि स्वास्थ्य/शिक्षा

अन्तर्वार्ता  2766  0

– अर्धचेतन
काठमाडाैं १६, असार । दरवारमार्ग भन्ने बित्तिकै नेपालको सवैभन्दा महंगो र ठूलाबडा मानिसले आफ्नो आवश्यकताका सामान परिपूर्ति गर्ने ठाउँ या धेरै पैसा हुनेले रातमा मस्ति गर्न निस्कने ठाउँका रुपमा चिनिन्छ ।

दरवारमार्गका बारेमा विभिन्न किस्सा सुनिने गर्छन् । नेपालका हिरो हिरोइन देखि चल्तिका राजनितिज्ञ समेतले कुनै मिडियामा उनीहरुको फेसन, खानपान या अन्य सामान किन्ने हबका रुपमा रोज्ने गरेको बताउछन तर, यति मात्र नभइ यो स्थान नारायणहिटि संग्राहलयको छेवैमा रहेकाले पनि मानिसहरु यसका बारेमा सुन्न जान्न उत्सुक हुन्छन नै ।

केहि समय पहिले बजार अनुगमन टोलीले अनुगमनका क्रममा सामानको मूल्य चर्को भएको भन्दै पसलहरुमा शिलबन्दी समेत गरेको थियो र फलस्वरुप त्यहाँका व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए ।

यहि भिडमा दुई महिना पहिले दरवारमार्गमै फाइभ ब्रदर्शको आखाँ लाग्यो रेस्टुरेन्ट व्यवसायमा । उनीहरु विभिन्न क्षेत्रमा अनुभव बटुलेर धेरै संघर्ष गरेर नेपालमा केहि गर्न सकिन्छ बन्ने विचारले होटेल व्यवसायका रुपमा सञ्चालनमा ल्याए ‘किंङस लाउञ्ज’ !

रेस्टुरेन्ट व्यवसाय भन्न बित्तिकै हाम्रो दिमागमा आइहाल्छ कि, राम्रो छवी नभएका, गुण्डागर्दी लगायतका यस्तै अन्य नकारात्मक कुराहरुले भरिएको पोको । तर, यस्तो नभइ अहिले यो व्यवसायमा सकारात्मक सोच भएका उर्जावान र प्रतिष्ठित युवाहरु लगानी गर्न लालायित छन् । त्यसैमध्येमा हो पछिल्लो समय खुलेको ‘किंङस लाउञ्ज’।

‘किंङस लाउञ्ज’ नै किन ?

फुड, ड्रिङ्स, म्युजिक भन्ने तीन नारा लिएर अगाडि बढेका किङ्स ब्रदर्शका पाँच भाई मिलेर खोलेको ‘किंङस लाउञ्ज’ले रसियामा जारी विश्वकप लाईभ देखाइरहेको छ ।

किङ्स लाउञ्जले २० बाइ ११ फिटको एचडी स्क्रीनबाट फुटबल लाईभ देखाइरहेको छ । दरवारमार्गमा भएका अन्य रेस्टुरेन्ट भन्दा केहि फरक गरेर व्यवसाय गर्ने फाइभ ब्रदर्शको संकल्पको पहिलो खुड्किलोका रुपमा उच्च सुरक्षा, पारिवारिक वातावरण र ग्राहकलाई दिइने सेवा नै प्रमुख ध्येयका रुपमा अगाडि सारिएका छन् ।

ग्राहकको अवस्थालाई ख्याल राख्दै किङ्स लाउञ्जले केहि नयाँ गरेको छ । त्यो हो, ग्राहकलाई नसा चढेर उ आफ्नो घर सम्म ड्राइभ गरेर जान सक्दैन या उ आफै घरसम्म जान नसक्ने अवस्था आएमा उनीहरुको टिमले नै घरसम्म सुरक्षित पुर्याउने । यतिमात्रै होइन उनीहरु कसैले जन्मदिन, पार्टी लगायतका अन्य कुनै काम किङ्स लाउञ्जमा गर्न चाहन्छ भने घरमा पुगेर लिने देखि घरसम्म छोड्नेसम्म गरेका छन् ।

अहिले केहि नेपाली यस्तापनि छन् जो नेपालमा रेस्टुरेन्टलाई विश्वास नै गर्दैनन् र उनीहरु सुक्रबार प्लेन चढेर थाइल्याण्ड पुगेर रमाइलो गरेर फर्किन्छन । उनीहरु नेपालमा भएका रेस्टुरेन्टमा सुरक्षाकाे अभाव मात्रै देख्दैनन् क्वालिटि पनि नभएकाले जानु परेको गुनासो गर्ने गर्छन । यी यस्तै कुराहरु देखेर ‘किंङस लाउञ्ज’मा फाइभ ब्रदर्शले रेस्टुरेन्ट व्यवसायमा देखिएका समस्याको पहिचान गरेर गहन अध्ययन पश्चात सेवा र सुरक्षामा कुनै सम्झाैता नगर्ने प्रतिबद्वता जनाएका छन् ।

लाउञ्जले विश्वकप महाकुम्भ मेलाका अवरसमा देखाइरहेको फुटबल लाईभमा खानेकुराहरुको  विभिन्न मेन्युमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका सञ्चालक संगम राईले बताए ।

रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

लाउन्ज सञ्चालकका नजरमा किङ्स

विभिन्न पेशा र व्यवसायमा आवद्द युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो ।

लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं । किङ्समा छिर्ने मानिस जो कोहिले फरक अनुभूति गर्छ किनकी बाटो देखि नै किङ्सले आफ्नै लगानीमा लिफ्टको व्यवस्था गरेको छ ।

भुकम्पीय जोखिमलाई मध्यनजर गर्दै किङ्सले दुई वटा एक्जिट ढोकाको व्यवस्था गरेको छ । लाउञ्ज सञ्चालकहरु आफ्नो रेस्टुरेन्टमा खानालाई उच्च प्राथमिकता दिएर बनाइने दाबी गर्छन् ।

ग्राहक एकपटक आयो भने अर्को पटक अन्यत्र जानै नमान्ने दाबी गर्छन । आखिर के छ किङ्समा र मानिस फर्केर त्यहि आउने गर्छन भन्ने जिज्ञासामा सञ्चालकहरु उत्साहित मुद्रामा थप्छन्, हामीले दिने सेवा, खाना, लाईभ म्युजिक र सुरक्षा नै हाम्रो पहिचान हो । परिवारका सदस्य बसेर ढुक्कले मजा लिन सकिने एकमात्र स्थान हो किङ्स !

नेपालको रेस्टुरेन्ट इतिहासमा नयाँ योजनाको प्रयोग गरेको दाबी गर्ने उनीहरु ग्राहकले दिएको सुझावबाट झनै हर्षित छन् ।

च्यालेन्जिङ व्यवसायका रुपमा रेस्टुरेन्ट व्यवसायलाई बुझेका उनीहरु किङ्सलाई साच्चिकै किङ्स अर्थात राजा बनाउनेध्याउन्नमा छन् । फुटबल लाईभ देखाउन थाले देखि उनीहरु अझे मानिसहरुका माझ चिनिने माैका पाएको बताउछन् ।

Comments

प्रकाशित मिति : 2018-07-03
अरु समाचार
कम्युनिष्ट सरकारलाई अलोकतान्त्रिक हमला गरेर कमजोर पार्न खोज्ने नै ‘अधिनायकवाद’का असली हिस्सेदार हुन्: प्रतिनीधि सभा सदस्य राजेन्द्र गाैतमलामो समय देखि कम्युनिष्ट आन्दोलनमा होमिएका राजेन्द्र गाैतम व्यवस्थापन संकायबाट एमबिए उत्तिर्ण गरेका छन् । विस २०३२ सालदेखि रातो समुहबाट…
मन्त्रीहरुको कारण अोलि सरकार असफल हुदै, सरकार सफल पार्न मन्त्री फेर्नुपर्छ- प्राडा प्रेम शर्माकाठमाडाैं १४,साउन । आज राजधानिमा प्रकाशित एक साप्ताहिकलाई अन्तवार्ता दिदै राजनीतिशास्त्री प्राडा प्रेम शर्माले केपी आेली सरकार पतनको बाटोमा लागेको…
अर्ना बियर खानूस् र अर्नाजस्तै फिट एन्ड फाइन बन्नूस्- अरुण केसी, जनरल म्यानेजर, यती ब्रुअरीशंकरदेव क्याम्पसबाट बी.कम. उत्तीर्ण अरुण केसी मदिराजन्य वस्तुको सेवन नगर्न सल्लाह दिन्छन् । तर, उनी आफै भने यती ब्रुअरीका जनरल…

मलाई सिध्याउन अख्तियार प्रमुख बस्न्यातले नै अख्तियारको दुरुपयोग गरे– शर्माचुडामणि शर्मा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले नेपालको…
बूढीगण्डकीबारे देउवा सरकारको निर्णय अध्ययन गरिनेछ : परराष्ट्र मन्त्रीलेसरकारले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले गरेका केही निर्णय कार्यान्वयन गर्ने÷नगर्नेबारे अध्ययन भइरहेको बताएको छ। सोमबार ६ दिने चीन भ्रमणमा…
जमिन छुनुअघि जहाज थर्रर हल्लिएको थियोयुएस बंगला जहाज दुर्घटनामा बाँचेका यात्रु सनम शाक्य। विभिन्न ट्राभल एजेन्सीका हामी बाह्र जना एउटा कार्यक्रममा भाग लिन ढाका गएका…

गोविन्द केसीमाथि खनिए प्रधानन्यायाधीश पराजुली ‘७ अर्ब खर्चेर पनि झुकाउन सक्नुहुन्न्’काठमाडौं, २७ पुस । अदालतको मानहानी गरेको आरोपमा प्रा. डा. गोविन्द केसी पक्राउ परे । उनले अदालत भ्रष्टहरुको अखडा भएको…
‘४ बर्ष भित्र १० हजार जनालाई रोजगारी दिन्छौं: विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक काफ्लेकाठमाडौं, १८ मंसिर । लामो समयदेखि बन्द रहेको मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स अनेकौ उतारचढावकाबिच पुरानै मेसिनको प्रयोग गरी…
वामगठबन्धन परिवर्तनकारी शक्ति भएकाले हामीले समर्थन गरेका हौँः सन्तोष बराइलीकाठमाडौं, १० मंसिर । गत माघ महिनाको १५ गते भब्य मोटर साइकल र्‍याली निकालेर सिरहाको लाहानमा गठनको घोषणा गरिएको रैथाने…

Leave a Reply

Your email address will not be published.