संघीय फोरम र नयाँ शक्तिवीच एकीकरण

राजनीति

काठमाडौं:उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति  पार्टी नेपालवीच एकीकरण हुने घोषणा गरिएको छ । दुइ पार्टीले वेशाख २३मा पार्टी एकीकरणको घोषणा गर्ने संघीय फोरम र नयाँ शक्तिले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा बताइएको छ ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने भएको छ । वैशाख २३मा प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी दुइ पार्टीवीच एकिरण गरिने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा फोरमका अध्यक्ष उ यादव र नयाँ शक्तिका संयोजक हस्ताक्षर गरेका छन् । 

स्रोतका अनुसार एकीकृत पार्टीमा बाबराम भट्टराइ र उपेन्द्र यादव दुवै जना अध्यक्ष रहने सहमति भएको छ । वरियताक्रममा भट्टराइ अगाडि भए पनि यादवको भुमिका कार्यकारी अध्यक्ष हुने भएको छ । तेश्रो वरियातामा अशोक राइ रहने भएका छन् । महासचिवमा भट्टराइ,यादव र राइबाट एक÷एक जना नेता रहने छन । वर्तमान उपाध्यक्ष एकीकृत पार्टीमा पनि उपाध्यक्ष नै रहने भएका छन् । दुइ पाटवीच एकीकरण गर्न विगत केही दिन देखि औपचारिक ÷अनौपचारिक  गरिएको थियो । दुइ पार्टी एकीकरण गर्न दुबै पार्टीले वार्ता टोली गठन गरेका थिए । यसैगरी यादव र भट्टराइले छुट्टाछुट्टै वार्ता र संवाद पनि गरेका थिए । दुइ पार्टीवीच पार्टी एकता गर्न चुनाव अघि पनि प्रयास गरिएको थियो । चुनाव अघि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकीकरण प्रक्रिया अघि बढ्न सकेको थिएन । अध्यक्षमा सहमति जुटे पछि दुइ पार्टी एकीकरण प्रक्रिया सहज भएको हो । 
फोरमले सरकार छाड्न सक्ने

दुइ पार्टीवीच एकीकरणको घोषण भए पछि एकीकृत पार्टीले सरकार छाड्ने संकेत गरेको छ  । यस विषयमा अहिले नै फोरमका नेताहरुले औपारिक रुपमा सरकार छाड्ने नबताए पनि एकीकरण पछि सरकार छाड्ने सम्भावना रहेको बताएका छन् ।  दुइ पार्टीवीच एकीकरण हुनु अघि फोरमले सरकार छाड्न् पर्ने शर्त नयाँ शक्तिका संयोजक भट्टराइले सुरु देखि नै राख्दै आएका थिए । यसलाई फोरका नेताहरुले इन्कार गरेका थिएनन्  । सरकार छाड्ने÷नछाड्ने विषयमा पार्टी एकीकरण पछि एकीकृत पार्टीले निर्णय गर्ने जवाफ फोरमका नेताहरुले दिने गरेका छन् ।  उनीहरुको भनाइ छ, ‘सरकार छाड्ने नछाड्ने विषयले दुइ पार्टीवीच एकीकरण प्रक्रिया रोकिदैन । दुइ पार्टीवीच एकीकरण गर्न सरकार छाड्नु पर्ने भए हामी सरकार छाड्न पनि तयार छौ ।’

फोरमका एक केन्दीय नेताले भने,‘ अहिले औपचारिक र लिखित रुपमा सरकार छाड्ने सहमति भएको त छैन । अलिखित रुपमा सरकार छाड्ने मोटामोटी सहमति भएको छ । त्यसैले अब हामी सरकार छाड्ने मानसिकतमा पुगीसकेका छौ ।’ नयाँ शक्तिका संयोजक भट्टराइले सरकार छाडी बलियो प्रतिपक्षीय मोर्चा बनाउन यादवलाई सुरु देखि नै स्झाव दिदै आएका थिए । 

Leave a Reply

Your email address will not be published.