जनताले परिवर्तनको अनुभूति पाउनेछन :मन्त्री विष्ट

Trending राजनीति

इलाम:श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी चार वर्ष भित्रमा नेपाली जनताले परिवर्तनको अनुभूति पाउने गरि सरकार अगाडि बढ्ने बताएका छन् । आज जेठ ३ गते इलाम आइपुगेका मन्त्री विष्टले नेपाल कम्यूनिष्ट पार्टीको जिल्ला कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
मन्त्री विष्टले भने, ‘तीन चार वर्षको बीचमा नेपाली जनताले परिवर्तनको ठूलो अनुभूति पाउने गरि हामी अगाडि बढ्न जरुरी छ । सरकार यही ढंले अगाडि बढ्न चाहन्छ आजको दिनमा । म सरकारको प्रतिनिधीको तर्पmबाट यो प्रतिबद्धता जनाउँछु ।’
उनले कार्यकर्तालाई संवोधन गर्दै भने, ‘निष्कलङ्क भावनाका साथ देश र जनताका लागि कम्यूनिष्ट कार्यकर्ताहरु अगाडि बढ्नु पर्छ । तबसम्म हाम्रो अभियानका बिरुद्ध कोही अगाडि बढ्न सक्दैन ।’ मन्त्रीले देशप्रति आशा जगाउन जरुरी भएकोले लामो समयदेखिका कमीकमजोरीहरुलाई समाधान खोज्दै नयाँ तहबाट विकास गर्नुपर्ने बताए ।
उनले केही सीमित कमी कमजोरीहरुका बीचमा पनि कम्यूनिष्टहरुले समाजमा अगुवाई गरिरहेको बताउँदै समाज परिवर्तनका लागि कम्यूनिष्ट सरकारले भूमिका निर्वाह गरिरहेको र योगदान गरिरहेको बताए । ‘त्यस्तो योगदान अरु कुनै दल वा पार्टीले गर्न सक्दैन’, मन्त्री विष्टले भने, ‘त्यसैले कम्यूनिष्ट पार्टीको एकता अनन्त कालसम्म हामीले खँदिलो बनाउन जरुरी छ ।’ पूर्व एमाले वा पूर्व माओवादी अब इतिहासमा मात्रै राखेर बर्तमानमा नेपाल कम्यूनिष्ट पार्टीलाई उचाईमा लानुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published.