‘विप्लव’को बन्दले देशभरको जनजीवन प्रभावित, ठाउँ-ठाउँमा बम फेला, केहि सवारी साधनमा आगजनी

Breaking News Hot News Special News Trending राजनीति समाचार


ठूलो संख्यामा सुरक्षाकमर्मी परिचालन, लामो दूरीका सवारी न्यून
इलाम:

सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिष्ट पार्टाीले आव्हान गरेको नेपाल बन्द आज बिहानै देअि देश भरको जनजिवन प्रभावित भएको छ । विप्ल्व समूहले पूर्व घोषित कार्यक्रम अन्तर्गत आज नेपाल बन्द आव्हान गरेको हो ।

बन्दको पूर्वसन्ध्यामा हिंसा बढाउने किसिमले आइतबार टाइमर बम तयार गरिरहेका बेलामा सुकेधारा, घट्टेकुलो र थानकोटमा विष्फोट भएको थियो । उक्त घटनामा चार जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए । विप्लव समूहले बन्द आव्हानलाई आफ्ना कार्यकर्ता मारिएको विरोध भनेकोे छ ।
बन्दका कारण इलाम , झापा , पाँचथर , सुनसरी मोरङ लगायतका जिल्लामा यातायत बजार शैक्षिक संस्था कलकारखाना ठप्प छन् । काठमाडौं उपत्यकामा बन्दको प्रभाव परेको छ । सवारी साधन अन्य दिनको तुलनामा कम चलेका छन । मुख्य बजार बन्द छन भने, भित्रि सडकका अधिकांश पसल खुलेका छन ।

काठमाडौं उपत्यका बाहिरका जिल्लामा भने बन्दको प्रभाव बढी परेको छ । अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन । काठमाडौं उपत्यकाबाट समेत सवारी न्यूनमात्रामा बाहिरिएका छन । बन्दका क्रममा कुनै अप्रिय घटना नहोस भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर बिहानै केहि सवारी साधनमा आगजनी गरिएको छ ।

शैक्षिक संस्था ठप्प

विप्लव समूहले यसअघि बन्दको आव्हान गर्नासाथ पहिलो प्रहार शैक्षिक संस्थामा हुँदै आएको छ । साना ठूला जस्तासुकै शैक्षिक संस्थामा यसको असर पर्दै आएको छ । आइतबार विष्फोट हुनुअगाडि नै विद्यालयहरु नखुल्ने सर्कुलर विद्यार्थीहरुमाझ गरिसकिएको थियो । केही खुल्ने मनस्थिति बनाएका विद्यालय पनि काठमाडौंमा भएको श्रृंखलावद्ध विष्फोटका कारण बन्द सर्कुलर गर्न वाध्य भएका थिए ।

Leave a Reply

Your email address will not be published.