फिक्कलमा नेपाली कांग्रेसको जनजागरण अभियान सम्पन्न

फिक्कलमा नेपाली कांग्रेसको जनजागरण अभियान सम्पन्न

गोपाल गिरी, फिक्कल:
सुर्योदय नगरपालिकाको फिक्कलमा नेपाली कांग्रेसको जनजागरण अभियान सम्पन्न भएको छ ।
सूर्योदय नगर कार्य समितिका सभापति मणी गुरुङ्गको अध्यक्षता एबंम नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसको भावी कार्यदिशा बारे कार्यकर्तालाई जानकारी गराईएको थियो ।
कर्यक्रममा सम्बोधन गर्दै केन्द्रिय सदस्य अर्यालले कांग्रेसलाई देशको जिम्मेवार पार्टी बनाउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाले कार्यकर्ताको सुझावका आधारमा अव पार्टी चल्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा कांग्रेसका नेताहरु केशब थापा , भेषराज आचार्य , दिपक अधिकारी ,डम्बर खड्का , प्रेमलाल राई , दुर्गा बराल ,देबेन्द्र राई , खगेन्द्र देवान उद्धब पौडेल, लगायतले आ आफनो धारणा राखेका थिए ।कार्यक्रममा युवालाई बोल्ने अवसर सम्म नदिएको भन्दै युवाले बिरोध जनाएका थिए ।

वैशाख २५ गते शुरु भई जेठ २५ गते समापन हुने अभियान अन्र्तगत कांग्रेसले यस अघि सन्दकपुर गाउँपालिका , माईजोगमाई गाउँपालिका , देउमाई नगरपालिकामा कार्यक्रम संचालन गरीसकेको छ । बिहिबार रोङ गाउँपालिकामा कार्यक्रम हुने छ ।