स्थानीय तहका लागि खुलाईएको विज्ञापन रद्द गर्न लोकसेवा आयोग र सरकारलाई संसदीय समितिको निर्देशन

Breaking News Special News Trending प्रदेश नं. १ राजनीति

काठमाण्डौ: संसद ब्यवस्था राज्य समितिले लोक सेवा आयोगले निकालेको बिज्ञापन रद्ध गर्न निर्देशन दिएको छ । केहि दिन अघि स्थानीय तहमा कर्मचारी माग गदै निकालेको विज्ञापन रद्ध गर्न निर्देशन दिएको हो ।


सोमबार बसेको बैठकले छलफल लगातै संघस्य मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितलाई बिज्ञापन रद्ध गर्न निर्देशन दिएको हो । लोकसेवाको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको समितिको ठहर छ ।   राज्य व्यवस्था समितिले प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी संख्या यकिन भएपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा कर्मचारी प्रक्रिया अगाडि बढाउन संघीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थापन गर्न संघको दरबन्दीमा रहेका पुल र फाजिल कर्मचारीलाई काजमा खटाउन र स्थायी पदपूर्ति नभएसम्म निश्चित मापदण्डका आधारमा करारमा कर्मचारी राख्ने व्यवस्था मिलाउन भनेको छ ।

Leave a Reply

Your email address will not be published.