धान दिवस : गोरखामा गोरु जोत्दै डा. बावुराम भट्टराई

Special News Trending राजनीति

काठमाडौँ: आज असार १५ गते अर्थात् ‘राष्ट्रिय धान दिवस’ । किसानले मानो रोपेर मुरी फलाउने ‘पर्व’का रुपमा लिइने आजको दिनमा सबैले हिलो टेक्नै पर्ने मान्यता छ ।यहि मान्यतालाई आत्मसात गर्नका लागि होला सायद, विभिन्न नेतादेखि उच्च पदस्त व्यक्तिहरु असार १५ का दिन रोपाइँ गर्न खेतमा पुग्ने गर्छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गृहजिल्ला गोरखामा रोपाइँ दिवस मनाएका छन् ।डा. भट्टराईले सामाजिक सञ्जालमा धान दिवस मनाएको तस्वीर शेयर गरेका छन् । जसमा उनी गोरु जोत्दै गरेको तथा खेतमा खन्दै गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.