कांग्रेस नेता तथा समाजसेवी डम्बर खड्कालाई ब्लुरेन फाउन्डेसनले राष्ट्रिय सम्मान गर्ने

Special News Trending राजनीति समाज

इलाम: ब्लुरेन फाउन्डेसन नेपालले नेपाली कांग्रेस इलामका नेता डम्बर खड्कालाई राष्ट्रिय सम्मान गर्ने भएको छ । संस्थाको वार्षिकोत्सवका अवसरमा असार २१ गते शनिबार समाजसेवी तथा निर्माण व्यवसायीका रुपमा खड्कालाई राष्ट्रिय सम्मान २०७६ प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

नेता खड्काले समाज र राष्ट्रलाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष बीबी लामाले जनाएका छन । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका खड्का इलामबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए । खड्का इलामबाट संचालित चियाबारी एफ।एम।का अध्यक्ष समेत हुँन ।

उक्त दिन गीतकार बुद्धवीर लामाको एकल सांगीतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ । बुद्धवीर लामा पनि इलामकै हुँन । खड्काले इलामका मठ मन्दिर धार्मीक स्थल, बृद्धाश्रम र असहाय अशक्तलाई सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.