युवा नेता तथा समाजसेवी डम्बर खड्कालाई राष्ट्रिय सम्मान

Special News Trending राजनीति

ब्लुरेन एजुकेशन फाउन्डेसनले आयोजना गरेको ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’का अवसर पारेर नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खड्का र तथा निर्माण व्यवसायी दीपक गौतमलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

समाज सेवा तथा निर्माण व्यवसायी क्षेत्रमा लागेर प्राकृतिक प्रकोप पीडित, असक्त असाहय र उपचार गर्न नसकेको रोगीहरु, बृद्धाहरुलाई सहयोग प्रदान गर्नुका साथै सूयोदय नगरपालिकामा १०८ फिटको बुद्धको मुर्ति निर्माण गर्ने र मोनोरेल संचालन गर्ने तयारी थालेका नेता तथा समाजसेवी खड्कालाई उक्त सम्मान प्रदान गरिएको हो ।

सोही अवसरमा इलामकै कुनाल राई, सिद्ध गिरी, गायक इन्द्र गुरुङलगायतलाई पनि पूर्व प्रधानमन्त्री झलनाथ खनाल र गीतकार बुद्धवीर लामाले संयुक्त रुपमा सम्मान प्रदान गरे । नयाँबुलन्द बाट

Leave a Reply

Your email address will not be published.