विप्लव समूह र प्रहरीबीच भिडन्त, एक प्रहरीसहित दुई जनाको ज्यान गयो

भोजपुर: नेपाल प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भोजपुरमा भिडन्त भएको छ । भिडन्तमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।विप्लव कार्यकर्ताको प्रहार लगत्तै प्रहरीले जवाफी प्रतिकार गरेको जनाएको छ । प्रहरीले गोली चलाउँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईको पनि मृत्यु भएको जनाइएको छ ।

स्थानीय पाँचधारे होटलमा विप्लवका कार्यकर्ताहरु बास बसेको सूचना पाएपछि प्रहरीले सर्च अभियान थालेको थियो । आफूहरुमाथि जाइलागेपछि गोली हानेको विप्लव पक्षको दावी छ । घटनाबाट प्रहरीले एक जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ ।विप्लवका एक कार्यकर्ता घाइते भएका छन् ।