विप्लव समुहद्धारा प्रहरीमाथिनै पक्राउ पूर्जी जारी

राजनीति

काठमाडौं : प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा विप्लवको पार्टीले प्रहरीविरुद्ध नै ’पक्राउ पुर्जी’ जारी गरेको छ । ’जनअदालत’ को नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको हो ।

कैलाली जनअदालत प्रमुख विकासको नामबाट जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ । अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ।

असई कुँवरकाविरुद्ध नेकपाका कार्यकर्ता ’तुफान’ ले अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको नेकपाको दाबी छ । तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ।

जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न आदेश दिइएको पक्राउ पूर्जीसँगै टाँसिएको ’चेतावनी पत्र’ मा भनिएको छ । रेडियो एनराएन

Leave a Reply

Your email address will not be published.