रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

Special News Trending राजनीति

काठमाडौं: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । र, अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएको पुष्टि गर्दै बयानको क्रम सुरु भएको अनलाइनखबरलाई बताए । ‘भर्खरै बयान सुरू भएको छ । पहिले कसको लिने भन्ने टुंगो लागिसकेको छैन’, उनले भने ।

अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published.