हालको सरकारले जनताका विपक्षमा काम गरेको नेपाली कांग्रेसको भनाई

Special News Trending राजनीति

इलाम, असोज : हालको सरकारले देश र जनताका पक्षमा काम गर्न नसकेको नेपाली कांग्रेस इलामले आरोप लगाएको छ । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत इलाममा भएको ¥यालीपछिको कार्यक्रममा बक्ताहरुले यस्तो वताएका हुन् ।


देशमा कमिसन र भ्रष्टाचार मौलाएको, सुसासनको अन्त्य गर्ने काम पनि हालकै सरकारले गरेको भन्दै उनीहरुले आक्रोस पोखेका छन् । कार्यक्रममा बोल्दै कांग्रेस ताप्लेजुङका पूर्व सभापती केशव दाहालले नेपाली कांग्रेसका पालामा जारी भएको संविधान हालको कम्युनिष्ट सरकारले एक पक्षिय रुपमा सञ्चालन गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले सरकारले कर बढाएको हत्याहिंसा बढेको तर पनि सरकार चुप लागेको भन्दै जनताको सुरक्षाको प्रत्याभुती पनि दिन नसक्ने सरकार आफै फेल भइसकेको उहाँले आरोप लगाउनु भयो ।

त्यस्तै नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्माचार्यले देशमा भएका ठुला ठुला ठेकाहरु बिना प्रतिष्पर्दा आफ्ना मान्छेलाई दिइएको भन्दै त्यसको विरोध जनाउनुभयो । हालको सरकारले जनताका पक्षमा काम गर्न नसकेको भन्दै केपीओलीले नेतृत्व गरेको सरकार जनताको विपक्षमा सञ्चालन भइरहेको वताउनुभयो ।

कार्यक्रममा कांग्रेस जिल्ला सचिव खगेन्द्र देवान, महा समिति सदस्य तोयानाथ भट्टराई, डम्बर खड्का लगायतका नेताहरुले सम्वोधन गर्नुहुँदै हालको सरकारको दिनगन्ती सुरु भइसकेको वताउनु भएको थियो ।

कोणसभा अघि भएको ¥यालीमा गाउँगाउँबाट आएका कांग्रेस कार्यकर्ताहरुले सरकारको चर्को बिरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published.