पूर्वसभामुख महराविरुद्ध बलात्कार प्रयासको आरोपमा मुद्दा दर्ता, ५ वर्ष कैदको माग

Special News Trending राजनीति स्वास्थ्य/शिक्षा


काठमाडौं:पूर्वसभामुख महराविरुद्ध बलात्कार प्रयासको आरोपमा मुद्दा दर्ता, ५ वर्ष कैदको माग
काठमाडौं( पूर्वसभामुख कृष्णबहादुर महराविरुद्द बलात्कारको प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो। महरालाई ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भएको अदालत स्रोतले जानकारी दियो।प्रहरी अनुसधान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरुले बहस गर्नेछन्।

बहस सकिएपछि छुट्न सक्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला अदालतले गर्नेछ।संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। नेपाल लाईभबाट

Leave a Reply

Your email address will not be published.