पाँचथरमा उपनिर्वाचनको चहलपहल शुरु

Special News Trending राजनीति

पाँचथर : पाँचथरका तीन स्थानमाहुने उपनिर्वाचनको सरमर्गी बढ्न थालेको छ। यहाँका राजनीतिक दलले उम्मेदवार टुंग्याउनथालेपछि चुनावी चहलपहल टोलटोल पुगेको छ। सानादेखि ठूला चुनावी कार्यक्रम अघि बढ्न थालेका हुन्। यहाँको फाल्गुनन्द गाँउपालिका प्रमुख, फिदिम वार्ड न। १ को वडाध्यक्ष र हिलिहाङ–७ को वार्ड अध्यक्ष्य पदका लागि निर्वाचन हुँदैछ।नेपाल कम्युनिस्ट पार्टी९नेकपा०ले तीनै तहमा उम्मेदवार टुंग्याएको छ। सचिवालयको बैठकले तीनै स्थानका लागि उम्मेदवार टुंग्याएर सिफारिस गरेको हो। नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज इन्द्रबहादुर आङ्बोका अनुसार फाल्गुनन्द गाँउपालिका प्रमुखमा वीरबहादुर कुरुम्बाङ, फिदिम १ नम्बर मागजाधार भट्टराई र हिहिहाङ–७ का लागि गेहनाथ रिजाल सिफारिस भएका छन्। कुरुम्बाङ फाल्गुनन्द गाँउपालिकाका यसअघि पराजितउम्मेद्वार हुन। यस्तै भटराई पनि फिदिम १ मा वार्ड अध्यक्ष पदमा पराजित उम्मेदवार हुन्। तीनै तहका उम्मेदवार पूर्वनेकपा९एमाले०का नेता परेका छन्। फाल्गुनन्द गाँउपालिकाको प्रमुखमाजिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई उम्मेद्वार बनाएको छ। हिलिहाङ–७मातिलविक्रमइधिङ्गोलाई उम्मेद्वार बनाएको छ। फिदिम–१ माउम्मेद्वार टुङ्गो लाग्नबाँकि रहेको छ। तिहारपछिमात्र टुङ्गो लाग्ने सभापति केरुङले जानकारी दिए। नियमितकार्यक्रमहरु अघि बढाइएको केरुङले बताए।यस्तै, संघिय समाजवादि पार्टील पनिउम्मेद्वार टुंग्याएको केन्द्रीय सदस्यमुकुम नेम्बाङले जानकार दिए।

फाल्गुनन्द गाँउपालिका प्रमुखमा विमला नेम्बाङ आङदेम्बेलाई उम्मेदवार बनाउन लागिएको उनले जानकारी दिए। नेम्बाङका अनुसार फिदिममा गौरव लामा र हिलिहाङमा धिरेन यक्पाङदेन उम्मेदवार बन्दैछन्। राप्रपाले फिदिम १ मा मिलनगिरीलाई उम्मेदवार बनाएको छ। राप्रपा संयुक्तले फाल्गुनन्द गाँउपालिका प्रमुखमा घनेन्द्र चेम्जुङलाई उम्मेदवार बनाउन लागेको छ।अघिल्लो निर्वाचनमा फाल्गुनन्द गाँउपालिका प्रमुख र फिदिम १ को वार्ड अध्यक्षमा नेपाली कांग्रेस र हिलिहाङ–७ मा तत्कालीन एमालेले जितको थियो। फाल्गुनन्द गाँउपालिका प्रमुख अमर नेम्बाङको २०७५ माघ २६ गते निधन भएको थियो। यस्तै फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोक्तानको २०७६ साउन ६ गते र हिलिहाङ–७ का वडाध्यक्ष तीर्थराज तिम्सिना २०७४ चैत १६ मा निधन भएको थियो।२०७४ सालको चुनावको मत परिणामलाई हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र काग्रेस मुख्य प्रतिस्पर्धी देखिन्छ। तर सोही मत परिणाम हेर्दा साना दल निर्णायक देखिएका छन्। जिल्ला निर्वाचन कार्यालयको अन्तिम नामावली अनुसार फाल्गुनन्दमा १६ हजार ५ सय ७७, फिदिममा ३ हजार ६७६ र हिलिहाङमा २ हजार ६ सय मतदाता रहेका छन्।यसअघिको स्थानीयतहको निर्वाचनमा फाल्गुनन्द गाँउपालिकामा नेम्बाङले ४ हजार १ सय ६३ मतप्राप्त गरेर विजयी भएकाथिए। उनका निकटम प्रतिद्वन्दीतत्कालिनएमालेकाविर बहादुर कुरुम्बाङले ३ हजार ३ सय ६७मतप्राप्त गरेका थिए। जो अहिले पनि उम्मेदवार रहेका छन्।

यस्तै तत्कालिननेकपा ९माओवादी० केन्द्रका ठाकुर सिंह नेम्बाङले ७ सय ४४ मतप्राप्त गरेका थिए। साबिकको दुवै पार्टीको मत जोड्दा काग्रेस ५२ मतले अगाडि देखिन्छ। यहाँ संघीय समाजवादिले ४ सय ९०, राष्ट्रिय जनमुक्तिले ३ सय ११, राप्रपाले २ सय ३४ मतप्राप्त गरेका थिए। यहाँ काग्रेस जित जोगाउन र नेकपा जित निकाल्ने ध्याउन्नमा रहेको छ। यहाँ काग्रेसले बहुमतसहित जित निकालेको थियो। प्रदेश १ को धरान उपहानगरपालिका, फाल्गुनन्द र चिचिला गाउँपालिकाको प्रमुखका लागि र विभिन्न स्थानका वडाध्यक्ष र सदस्यका लागि हुने उपनिर्वाचनको माहोल तात्न थालेको हो । फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.