सातै प्रदेशमा प्रदेश प्रमुख सिफारिस

Special News प्रदेश नं. १ राजनीति

काठमाण्डौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । आइतबार सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेश प्रमुखको पदमुक्त गर्नु भएको थियो । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो ।

पार्टीले अमिक शेरचन-चितवन, सोमनाथ अधिकारी प्यासी-कास्की, तिलक परियार-बाँके, धर्मनाथ यादव-सिरहा, गोविन्द कलोनी-डडेलधुरा, विष्णु प्रसाईँ९झापा० र शर्मिला त्रिपाठी-काठमाण्डौको नाम सिफारिस गरेको छ । कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा भने सरकारले निर्णय गरेर राष्ट्रपतिकोमा सिफारिस गर्ने महासचिव पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.