निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा

निवर्तमान सभामुख महरा पुर्पक्षका लागि थुनामा


काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजालासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनलाई डिल्लीबजार काराकार चलान गर्ने तयारी भैरहेको छ ।