भारतीय अतिक्रमण विरुद्ध इलाममा विशाल विरोध प्रदर्शन

Breaking News Hot News Mukya Samachar Special News Trending राजनीति समाज

इलाम : भारतीय आधिकारिक नक्सामा नेपाली भूमिलाई समावेश गरेर प्रकाशन गरिएको विरोधमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) इलाम नगर कमिटीले शुक्रबार इलाम सदरमुकाममा विशाल विरोध प्रदर्शन गरेको छ ।

युवा, विद्यार्थीहरुको विशाल विरोध जुलुसपछि आयोजित विरोध सभालाई अनेरास्ववियु इलाम नगर कमिटीका नेताहरु डिकेन्द्र दाहाल, सचिनजंग रायमाझी र बिशाल कार्कीले सम्बोधन गरेका थिए । इलामको ठूलो टुँडिखेलबाट शुरु भएको विरोध जुलुसका सहभागिहरुले भारतीय विस्तारवाद मूर्दावाद, GO BACK INDIA, नरेन्द्र मोदी मूदावाद, मोदी सरकार होसियार, लिपुलेक–कालापानी–लिम्पीयाधुरा हाम्रो हो, सम्पूर्ण नेपाली एक होऔं लगायतका नारा लाउँदै इलाम बजार परिक्रमा गरी चोक बजारमा पुगेर सभामा परिणत भएको थियो ।

विरोध जुलुस तथा सभामा पाँच सयभन्दा बढी युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसैगरी भारतीय अतिक्रमणको विरुद्धमा अनेरास्ववियु इलाम नगर कमिटीले इलाम सदरमुकामस्थित चोक बजारमा हस्ताक्षर संकलन शुरु गरेको छ । “आज र भोली हस्ताक्षर संकलन गर्नेछौं” अनेरास्ववियु इलामका नेता डिकेन्द्र दाहालले भने– “संकलित हस्ताक्षर र नेपालको नक्सा जिल्ला प्रशासन कार्यालय, इलाममार्फत् दबावस्वरुप प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउँछौं ।” भारतले नियतबस गरेको यो कमजोरी कमजोरी नसच्याएसम्म विभिन्न रचनात्मक आन्दोलनका कार्यक्रमहरु जारी रहने उनले बताए ।

Leave a Reply

Your email address will not be published.