सिमा अतिक्रम्रण बिरुद्ध अखिलले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर र नेपालको नक्सा

Hot News Mukya Samachar Special News Trending राजनीति

भारतको अतिक्रम्रण बिरुद्ध अनेरास्ववियू इलाम

फिक्कल : कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो देशको राजनीतिक नक्सामा प्रकाशनको बिरोधमा इलाममा अनेरास्ववियूले संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय पठाएको छ ।
सिमाना मिचेको बिरोध र भारतीय कदम सच्याउन नेपाल सरकारलाई खबरदारी गर्न अनेरास्ववियू नगर कमिटी इलामले संकलन गरेको हस्ताक्षर र नेपालको नक्सा आज जिल्ला प्रशासन कार्यालय, इलाममार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय समक्ष पठाएको हो ।
उक्त अवसरमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद धिरेन्द्र शर्मा (रमण), पार्टी जिल्ला कार्यालय सचिव एवं विद्यार्थी इन्चार्ज नवराज शंकर, अनेरास्ववियु इलामका निर्वतमान अध्यक्ष इश्वरी तामाङ्ग, अनेरास्ववियूका जिल्ला अध्यक्ष प्रवेश पराजुली, उपाध्यक्ष मिलन खत्री लगायतको सहभागीता रहेको थियो । हस्ताक्षर र नेपालको नक्सा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीलाई हस्तान्तरण गर्दै नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद शर्माले देशभरको सिमा सुरक्ष ागर्न सबै नेपाली एकजुट बन्नु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.